स्थानीय निर्वाचन पर नसार्नुः राष्ट्रपति, छलफल गर्दैछौंः प्रधानमन्त्री

Advertisement

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय निर्वाचन पर नसार्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सल्लाह दिएकी छन् । 

आफूलाई भेट्न बिहीबार शितल निवास आएका देउवालाई उनले संविधानले व्यवस्था गरेबमोजिम स्थानीय निर्वाचन समयमै सम्पन्न गर्न आग्रह गरेकी हुन् ।

Advertisement

भण्डारीले संविधानको मर्म र भावनाबमोजिम समयमै स्थानीय निर्वाचन र अन्य निर्वाचनहरु समेत सम्पन्न गर्न आग्रह गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले विभिन्न मिडियालाई जानकारी दिएका छन् । 

जवाफमा देउवाले स्थानीय निर्वाचनबारे दल र कानुन व्यवसायीहरुसँग परामर्श भइरहेको जानकारी दिएका थिए । उनले सरकार संविधानको कार्यान्वयनमा प्रतिबद्ध रहेको भन्दै संविधानकै मर्मअनुसार निर्वाचन हुने बताएका थिए । यसबारे सबैसँग सल्लाह गरेरै निष्कर्षमा पुग्ने देउवाको भनाई थियो । भेटमा संसदको अवरोध हटाउने विषयमा पनि कुराकानी भएको जनाइएको छ । 

Advertisement

Advertisement