कोभिडले थला परेको पर्यटन क्षेत्र लयमा फर्किने संकेत, तर मन्त्रालय–बोर्ड द्धन्द्धले काममा बाधा

Advertisement

काठमाडौं। कोरोना महामारी र त्यसलाई नियन्त्रण गर्न लागू गरिएको बन्दाबन्दी तथा निषेधाज्ञाले थला परेको पर्यटन क्षेत्र विस्तारै लयमा फर्किन लागेको छ । 

कोरोना महामारीका कारण पर्यटकीय गतिविधि ठप्प जस्तै गएको समयमा पर्यटक आगमनमा सामान्य वृद्धि देखिएको हो । गत वर्षको जनवरी महिनाको तुलनामा यस वर्ष महिनामा विदेशी पर्यटकको आगमन बढेको नेपाल पर्यटन बोर्डले तथ्यांकबाट देखिएको हो । 

Advertisement

जनवरी महिनामा करिब १७ हजार विदेशी पर्यटक नेपाल भित्रिएका बोर्डका निर्देशक मणिराज लामिछाने जानकारी दिए। गत वर्ष जनवरीमा आठ हजार ८७४ जना मात्रै विदेशी पर्यटक नेपाल भित्रिएका थिए।

लामिछानेले भने, ‘अक्टोबर, नोभेम्बरको र डिसेम्बरको तथ्यांक विश्लेषण गर्दा प्रवृत्ति सम्हालिसकेको थियो २०१९ कै लयमा । बीचमा ओम्निक्रोमको कारण डिसेम्बरमा पर्यटन गतिविधि घट्यो । तर जानवरीदेखि प्रवृत्ति पहिलकै गतिमा आएको छ ।’ 

अघिल्लो बर्षको जनवरीको तुलनामा अहिले झण्डै दोब्बरले पर्यटक बढ्नुलाई आफूलाई सकारात्मकरुपमा लिएको उनले बताए । लामिछानेले अहिले ट्रेकिङ र पर्वतारोहणमा जाने पर्यटकहरु पनि निकै बढे्को बताए । भारतबाट आउने पर्यटकभन्दा युरोप र अमेरिकाबाट आउनेको चाप पनि बढेको उनले जानकारी दिए । कोरोना संक्रमण घटेसँगै पर्यटकीय चहलपहल लयमा फर्किन सुरु भएको लामिछानेको भनाई छ । 

पर्यटन प्रवद्र्धनको विषयमा पर्यटन मन्त्रालयसँग पनि बोर्डको कुराकानी भइरहेको बताउँदै सरकारी कर्मचारीलाई देशदर्शनसम्वन्धी कार्यविधि बनाएर मन्त्रालयमा पेश भएको र त्यो पास हुने अन्तिम चरणमा रहेको बताएको छ । 

निर्देशक लामिछानेले उक्त कार्यविधि पास भएर आएपछि सकारात्मक सन्देश प्रवाह गर्ने र पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने बताए । उनले भने, ‘नेपालीहरुले स्वदेश मात्र होइन विदेश पनि बिस्तारै घुम्न थालेको देखिन्छ । अहिले विदेशी पर्यटकहरुको बुकिङहरु पनि आउन थालेको छ । मार्चका लागि ट्रेकिङको बुकिङ र इन्क्वायरी पनि धेरै आइरहेको छ ।’

पर्यटन क्षेत्रले लय समाउन खोजे पनि पछिल्लो समयमा पर्यटन मन्त्रालय र पर्यटन बोर्डबीच चलेको द्धन्द्ध समस्याको रुपमा देखा परेको छ । बोर्डका सीईओ हटाउने र नयाँ नियुक्ति गर्न नयाँ पर्यटनमन्त्री प्रेम आले लागेपछि कोभिड प्रभावित पर्यटन क्षेत्र पुनःस्थापनमा बाधा उत्पन्न भएको हो । 

पर्यटन क्षेत्रको राहतका लागि सरकारले बजेटमार्फत सरकारी कर्मचारीलाई घुम्न बिदा दिने निर्णय गरे यही द्धन्द्धका कारण कार्यविधि जारी गर्न ढिलाई भएको छ भने पर्यटन क्षेत्रसँगसम्वन्धित थुप्रै नीतिगत र प्रक्रियागत कामहरुसमेत अहिले अलपत्र अवस्थामा पुगेको छ । यद्यपि पछिल्लो समयमा पर्यटन बोर्डका सीईओलाई हटाउने र नयाँ राख्ने नयाँ मन्त्रीको खेललाई अदालतले रोक लगाइदिएबाट यस क्षेत्रमा केही काम हुने आशा गरिएको छ । 

Advertisement

Advertisement