काठमाडौं । सन् २०२२ मा हुने टी–२० विश्वकपमा खेल्ने नेपालको सपना अहिलेलाई अधुरै हुन पुगेको छ । मंगलबार भएको आईसीसी टी–२० विश्वकप ग्लोवल क्वालिफायरको सेमिफाइनलमा नेपाल यूएईसँग ६८ रनले पराजित हुन पुगेको छ ।
ओमानस्थित अल अमिरात क्रिकेट मैदानमा भएको खेलमा युएईले दिएको १७६ रनको लक्ष्य पच्छ्याउने क्रममा नेपाल १८.४ ओभरको नोक्सानीमा १०७ रनमा अलआउट हुनपुगेको हो । टस जितेर पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनाएको थियो ।