रुस–युक्रेन युद्धसँगै तेलको मूल्य बढेपछि साउदी अरबलाई उत्पादन बढाउन आग्रह गर्ने तयारी

Advertisement

काठमाडौं । अमेरिकाले रुसबाट हुने तेल आपूर्तिमा प्रतिबन्ध लगाउने तयारी गरेसँगै त्यसको विकल्पको लागि साउदी अरबलाई तेल उत्पादन बढाउन आग्रह गर्ने तयारी गरेको छ । 

रुसले युक्रेनमाथि आक्रमण सुरु भएसँगै विश्व बजारमा तेल आपूर्तिमा कमी आउने संभावनाका कारण यसको भाउ आकाशिएको छ । अहिले लको मूल्य बढेर सन् २००८ यताकै सबैभन्दा उच्च भएको छ ।

Advertisement

एशियाको बजारमा कच्चा तेलको बेन्चमार्क ‘ब्रेन्ट क्रुड’ बढेर १३९ डलर प्रतिब्यारेलसम्म पुगेर अहिले १३० डलर कायम भएको छ । एक ब्यारलमा झन्डै १५९ लिटर तेल हुन्छ।

तेलको विश्व बजारमा रुसले उत्पादन गर्ने हिस्सा करिव १० प्रतिशत रहेको बताइन्छ । पेट्रोलियम पदार्थको खुद्रा मूल्य बढेपछि विश्वभरका उपभोक्ता चर्को मूल्य तिर्न बाध्य भएका छन् । 

यसै परिस्थितिमा रुसी तेल आपूर्तिमा प्रतिवन्ध लगाएर साउदी अरबलाई उत्पादन बढाउन आग्रह गर्ने तयारीमा अमेरिका लागेको हो । त्यसका लागि अमेरिकी राष्ट्रपति चाँडै रियाद भ्रमणमा जाने तयारी भइरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् । 

रुस–युक्रेन युद्धसँगै बढ्दो उर्जा संकट समाधानको विषय विश्वभरका नेताको लागि पेचिलो बनेको छ । त्यसका लागि भेनेजुयलासँग पनि सम्वन्ध विस्तार गर्दै उसलाई तेल उत्पादन बढाउन आग्रह गर्ने तयारीमा अमेरिका रहेको समाचारमा जनाइएको छ । 

Advertisement

Advertisement