मेरो नेतृत्वको सरकार ढाल्न संसार भरका स्यालहरु एक भएः ओली, माधवलाई ‘हाँडीघोप्टे’को संज्ञा

Advertisement

पोखरा । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले देश भित्र र बाहिरका प्रतिक्रियावादी शक्तिहरु मिलेर आफू नेतृत्वको सरकारलाई हटाएको बताएका छन् । 

पोखरामा आयोजित एक कार्यक्रममा सोमबार उनले एमाले नेतृत्वको सरकार ढलाउन संसार भरका स्यालहरु एक भएको गम्भीर आरोप लगाए । उनीहरुविरुद्ध प्रतिवाद गरेर अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई ओलीले निर्देशन दिए । 

Advertisement

उनले एमाले नेतृत्वको सरकारले राम्रो काम गर्दागर्दै प्रतिक्रियावादीहरु मिलेर ढालिदिएको बताए । ओलीले एक हुल स्यालको प्रसंग निकाल्दै भने, ‘स्यालको यस्तो धर्म हुन्छ, एउटा स्याल कराएपछि त्यो सुनेपछि सबैले ठाडो घाँटी लगाएर ‘हुहु’ गर्नुपर्छ नत्र टाउको फुटेर मर्छ । त्यसकारण दुनियाँभरीका स्यालहरु हाम्राविरुद्ध ठाडो घाँटी लगाएर हुहु गरे । त्यसको बैचारिक र ब्यवहारिक ढंगले जवाफ दिनुपर्छ ।’

उनले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाललाई ‘हाँडीघोप्टे’को संज्ञा दिए । ओलीले थपे, ‘कुनै संस्थाबाट मान्छे फुट्यो भने नाम एकीकृत राख्छ । जो चाहिँ हाँडिघोप्टे छ, उसले समाजवादी नाम राख्छ ।’ ओलीले अरुले एमालेको उचाई प्राप्त गर्न पनि नसक्ने तर ईस्र्या गर्ने गरिरहने चलन नै भएको बताए । 

Advertisement

Advertisement