युक्रेनलाई अस्त्र आपूर्ति गरे पश्चिमी बहानलाई नासाना बनाउँछौंः रुस, दुवैतर्फ कति सैनिक मरे ?

Advertisement

एजेन्सी । रुसका उपविदेशमन्त्री सर्गेई र्‍याब्कोभले युक्रेनलाई अस्त्र आपूर्ति गर्ने पश्चिमा देशका वाहनहरूलाई निसाना बनाउने चेतावनी दिएका छन्।

बीबीसीका अनुसार उनले भनेका छन्, ‘हामीले अमेरिकालाई केही देशबाट युक्रेनमा अस्त्र पठाउने योजना केवल खतरनाक कदम मात्र नभएको बरु त्यस्तो कदमले ती वाहनहरूलाई रुसको वैधानिक निसाना बनाउन सक्ने चेतावनी दिएका छौँ ।’

Advertisement

र्‍याब्कोभ युक्रेनलाई हवाई प्रतिरक्षा प्रणाली र ट्याङ्कभेदक क्षेप्यास्त्र पठाइनु दुस्साहस भएको र अमेरिकाले रुसको चेतावनीलाई गम्भीरतापूर्वक लिनुपर्ने भन्दै अस्त्र आपूर्ति नगर्न सचेत गराएका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनमाथि आक्रमण गरेपछि अहिलेसम्म एक हजार तीन सय युक्रेनी सैनिक र झन्डै १२ हजार रुसी सैनिकको मृत्यु भएको दाबी गरेका छन् ।

साथै, उनले करिव छ सय रुसी सैनिकले युक्रेनमा आत्मसमर्पण गरेको पनि बताएका छन् । जेलेन्स्कीले युद्धमा ज्यान गुमाउने रुसी सैनिकको सङ्ख्या ठूलो भएको भए पनि आफू त्यसबाट खुसी नभएको बताएका छन् ।

उनले  भनेका छन्, ‘उनीहरूले ृअनुमानिते १२ हजार जना गुमाउँदा मलाई प्रसन्नता छैन । यसले मलाई खुसी बनाउँदैन । संसारलाई हेर्ने मेरो दृष्टिकोण त्यस्तो छैन् ।’ रुसले युक्रेनविरुद्ध युद्ध सुरु गरेको आइतबार १८ दिन भइसकेको छ । 

Advertisement

Advertisement