बाँकेबाट चोरिएको मोटरसाईकल स्वयम्भूबाट ट्राफिक प्रहरीको नियन्त्रणमा

Advertisement

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरीको मोटरसाईकल सहित एक जनालाई काठमाडौँको स्वयम्भू भुईखेलबाट नियन्त्रणमा लिएको छ । 

ट्राफिक प्रहरीले कालिकोट महाबी गाउँपालिका वडा नम्बर २ घर भई भक्तपुर सल्लाघारी बस्ने वर्ष २३ को पञ्च बहादुर सिंहलाई कोहलपुर बाँकेबाट हराएको  प्रदेश ३(०२, ००३ प २४७३ नम्वरको कालो रंङको २०० सीसीको पल्सर एन एस मोटरसाईकल सहित नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ ।

Advertisement

सिंहले मिति २०७८ चैत २ गते यातायात व्यवस्था कार्यालय बागमतीले संचालन गर्दै आएको गुर्जुधाराबाट सवारी चालक अनुमति–पत्र ए वर्गको परीक्षामा जिल्ला बाँके खजुरा वडा नम्बर ३ बस्ने कबिन्द्र शाहीको नागरिकता प्रमाण पत्रमा आफ्नो फोटो टाँस गरी प्रयोगात्मक परीक्षा दिएको समेत खुल्न आएको छ ।

वास्तविक नम्बर भे १० प ४३६२ खुल्न आएको सो मोटरसाईकल आशिष गुरूङ्गको रहेको समेत पत्ता लागेको छ । निज सवारी धनीलाई मोटरसाईकल भेटिएको जानकारी समेत दिई सकेको महाशाखाले जनाएको छ ।

नियन्त्रणमा आएको मोटरसाईकल सहित पक्राउ परेका मानिसलाई चोरी मुद्दा अनुसन्धान एव कारबाहीका लागी महानगरीय प्रहरी वृत्त थानकोट पठाइएको महाशाखाले जानकारी दिएको छ ।
 

Advertisement

Advertisement