निक्षेप संकलन र कर्जा प्रवाह बृद्धिमा नेपाल बैंक पहिलो

Advertisement

काठमाडौँ । नेपाल बैंकले निक्षेप संकलन तथा कर्जा बिस्तार दुबैमा उच्च बृद्धि गरेको छ । गत फागुन महिनामा नेपालका २७ वटा बाणिज्य बैंकहरुमध्य निक्षेप संकलन तथा कर्जा प्रवाह बृद्घिको आधारमा नेपाल बैंक प्रथम स्थानमा रहेको देखिएको हो । 

गत फागुन महिनामा नेपाल बैंकको निक्षेप २१.६७ प्रतिशतले बृद्धि भएको देखिन्छ भने कर्जा विस्तार ३०.३५ प्रतिशतले बृद्घि भएको छ । नेपाल बैंकर्स संघद्वारा सार्वजनिक तथ्याङ्क अनुसार २७ बाणिज्य बैंकहरुमध्ये १७ वटा बाणिज्य बैंकहरुको निक्षेप बृद्धि भएको छ भने १० वटा बाणिज्य बैंकहरुको निक्षेपमा गिरावट भएको छ । 

Advertisement

बाणिज्य बैंकहरुको औसत निक्षेप बृद्घिदर ५ प्रतिशत रहेको छ । त्यसैगरी २७ वटै बाणिज्य बैंकहरुको कर्जा बिस्तारमा बृद्घि भएको छ । औषतमा बाणिज्य बैंकहरुको कर्जा विस्तारमा १६ प्रतिशतको बृद्धि भएको देखिन्छ । 

अहिले बाणिज्य बैंकहरुसंग कुल निक्षेप ४३ खर्ब ३३ अर्ब रुपियाँ पुगेको छ भने कुल ऋण ४१ खर्ब ७२ अर्ब रुपियाँ पुगेको छ । फागुन महिनामा मात्रै बाणिज्य बैंकहरुको निक्षेप २२ अर्ब रुपियाँले बढेको छ भने कर्जा प्रबाह १७  अर्ब रुपियाँले विस्तार भएको हो । 

संघको तथ्याङ्क अनुशार यस अवधिमा १९ वटा बाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात (सिडि रेसियो) नेपाल राष्ट्र बैंकले तोकेको सिमा ९० प्रतिशत भन्दा बढि रहेको छ भने नेपाल बैंकको कर्जा निक्षेप अनुपात (सिडि रेसियो) भने ९०.०३ प्रतिशत रहेको छ । औसतमा बैंकहरुको कर्जा निक्षेप अनुपात ९०.९९ प्रतिशत रहेको छ ।

नेपाल बैंकले २१३ शाखाहरु, १४७ एटिएम मेसिन साथै ४७ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २० लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको जनाएको बजारीकरण तथा अनुसन्धान विभाग प्रमुख अर्जुनबहादुर कँडेलले जनाएका छन् । 
                                                               
 

Advertisement

Advertisement