आइएमई पेको ‘उत्सवको बहार दुवई घुम्ने उपहार’ विजेता घोषणा

Advertisement

काठमाडौँ । ‘आइएमई पे’ ले उत्सवको बहार दुवई घुम्ने उपहार भन्ने मूल नाराका साथ दशैं, तिहार र छठलाई लक्षित गरी तयार पारिएको स्किमको विजेता घोषणा गरेको छ ।

धनगढी कैलालीका अमिगो मनी ट्रान्सफर र सिमरा बाराका मोबाइल सरोकार उक्त स्किम अन्तर्गत विजेता घोषित भएका छन् । 

Advertisement

आइएमई काउण्टरबाट आइएमई पे मोबाइल एप प्रयोग गरि स्किम अवधिमा हवाई टिकट विक्री गरे वापत सिस्टममा आधारित लक्की ड्र मार्फत विजेता बन्न सफल भएका हुन् । 

व्यवसाय प्रवद्र्घनमुखी यस्ता स्किम मार्फत व्यवसायिक साझेदारहरुलाई पुरस्कृत गर्ने उद्धेश्यले उक्त सञ्चालन गरिएको थियो ।

उक्त कार्यक्रममा दुई जोडीलाई ४ रात ५ दिनका लागि दुवई घुम्ने अवसर प्राप्त हुने गरी तयार पारिएको थियो । 

कोभिडका कारण बाहिरी देश भ्रमणको लागि उपर्युक्त समय नभएको कारण सोही भ्रमणको लागि लाग्ने खर्च रु ३,००,०००/– ( रु. १,५०,०००/‐ प्रति विजेता) आइएमई पे एप मार्फत स्किमका विजेताहरुलाई ट्रान्सफर गरिएको कम्पनीले जनाएको छ ।
 

Advertisement

Advertisement