मैत्रीपूर्ण फुटबल खेल्न नेपाली टोली थाइल्याण्ड प्रस्थान, फिफा वरियता सुधार्ने गरी खेल्छौंः अलमुताइरी

Advertisement

काठमाडौं । एएफसी एशियन कप छनोट तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार विदाई गरेको छ । 

एन्फाले मुख्यालयमा आइतबार एक कार्यक्रमको आयोजना गरेर थाइल्याण्ड प्रस्थान गर्ने टोलीलाई विदाई गरेको हो । नेपाली टोलीले अन्तर्राष्ट्रिय भ्रमण गर्दा त्यहाँको राष्ट्रिय र शीर्ष डिभिजन क्लब चोनबुरीसँगको दुई मैत्रीपूर्ण खेल्दै छ । 

Advertisement

नेपालले चैत १० गते थाइल्याण्डको राष्ट्रिय र चैत १३ गते एक शीर्ष क्लव चोनबुरीसँग मैत्रीपूर्ण खेल्दैछ । केही अनुभवी राष्ट्रिय खेलाडीबिना तयारी गरेको नेपालले फिफा वरियतामा सुधार हुने गरी प्रदर्शन गर्ने नेपाली टोलीका प्रशिक्षक अबदुल्लाह अलमुताइरीले बताए । 

इन्डोनेसिया र जोर्डन जत्तिकै थाइल्यान्ड भएकाले आफ्नो टोली जित या बराबरीका लागि खेल्ने विदाई कार्यक्रममा प्रशिक्षक अलमुताइरीले बताए । राष्ट्रिय फुटबल टोलीको अनुभव अभिवृद्धिका राष्ट्रिय टोलीले थाइल्याण्ड भ्रमण गर्न लागेको हो । 

मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले सहिद स्मारक ए डिभिजन लिग च्याम्प्यिन मच्छिन्द्रका खेलाडी विना मैत्रीपूर्ण खेलका लागि टोली बनाएका थिए । नेपाली टोलीले आगामी चैत १० गते थाइल्याण्डको राष्ट्रिय टोली र चैत १३ गते चोनबुरी एफसीसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । दुवै खेल चोनबुरीको मैदानमा हुँदैछन् । टोली सोमबार थाइल्याण्ड तर्फ प्रस्थान गर्दै छ ।

एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले थाइल्याण्डसँग खेल्न लागेको हो । एएफपसी छनोटमा नेपाल  समूह ए मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन र खेल कुवेतमा हुनेछन् । एएफसीले छनोटमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरेको छ । जस अन्तर्गत हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ का लागि योग्य हुनेछन् । 

Advertisement

Advertisement