विश्व वित्तीय सप्ताहमा प्रभु क्यापिटलले गर्यो शेयर साक्षरता कार्यक्रम

Advertisement

काठमाडौँ । प्रभु क्यापिटल लिमिटेडले ग्लोबल मनि विक २०२२ अन्तरगत शेयर बजार सम्बन्धी साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । क्यापिटलले ग्लोबल मनि विक २०२२ अन्तरगत विभिन्न स्थानहरुमा शेयर बजार सम्बन्धी साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको हो । 

क्यापिटलले मिति गत मंगलबार हेराल्ड कलेज काठमाडाँैका स्नातक तह अन्तरगतका विद्यार्थीहरुलाई इन्भेष्टमेन्ट बैंकिङ र लगानी व्यवस्थापन सम्बन्धी विषयमा तालिम कार्यक्रम सञ्चालन गरेको थियो । तालिम कार्यक्रममा कलेजमा अध्ययनरत करिब ६० जना विद्यार्थीहरु सहभागी रहेका थिए । 

Advertisement

तालिम कार्यक्रम प्रभु क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गानन्द झाले सञ्चालन गरेका थिए । 

यसैगरी क्यापिटलले काठमाण्डौ उपत्यकाबाट नजिकै रहेतापनि पहूँचका हिसाबबाट विकट रहेको ललितपुर जिल्ला अन्तरगतको बागमति गाउँपालिका वार्ड नं. ५ इकुडोल स्थित जनजागृति उच्च माविका दश जोड दुईका विद्यार्थी, शिक्षक, व्यवस्थापन समितिका कर्मचारी तथा स्थानीयहरुलाई बुधबार १ दिने आधारभूत शेयर तालिम कार्यक्रम सम्पन्न गर्यो ।

ग्लोबल मनि विक २०२२ को उपलक्ष्यमा आयोजित कार्यक्रम जनजागृति उच्च माविको तालिम हलमा सम्पन्न गरिएको थियो । कार्यक्रममा ७० जना विद्यार्थी, शिक्षक तथा स्थानीयहरुको सहभागिता रहेको थियो । तालिम कार्यक्रमको सञ्चालन प्रभु क्यापिटलका प्रमुख सञ्चालन अधिकृत कृष्ण गिरीले गरेका थिए । 
 

Advertisement

Advertisement