युद्धका कारण यूक्रेनबाट विस्थापित एक लाखलाई अमेरिकाले आश्रय दिने
File-Photo

Advertisement

ब्रसेल्स । युद्धका कारण यूक्रेनबाट विस्थापित भएका एक लाख नागरिकलाई अमेरिकाले आश्रय दिने भएको छ । 

रूसको आक्रमणका कारण लाखौँ मानिस यूक्रेनबाट विस्थापित हुनु परेकाले तीमध्ये एक लाखलाई अमेरिकाले आश्रय दिने भएको हो । 

Advertisement

अमेरिकाले अरु एक अरब अमेरिकी डलर पनि सहयोग गर्ने घोषणा गरेको छ । सो रकम यूक्रेनमा उत्पन्न मानवीय संकट समाधानका लागि प्रयोग गरिने अधिकारीहरुको भनाइ छ । 

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले बिहीबार दिएको जानकारी अनुसार, मानवीय सहायता अन्तर्गत खाद्य पदार्थ, आश्रयका लागि आवश्यक सामग्री, सफा पानी, स्वास्थ्य सामग्री लगायतका सहयोग प्रदान गरिने भएको हो । रासस÷एएफपी 

Advertisement

Advertisement