ओली रावण, कंश, शिशुपाल, हिटलर, कम्युनिष्टको नाममा जन्मिएको तानशाह होः माधव नेपाल

Advertisement

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले नेकपा एमालेका अध्यक्ष ओलीलाई रावणसँग तुलना गरेका छन् । आईतवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले ओलीलाई रावणसँग तुलना गरेका हुन् । 

माधव नेपालले  रावण, कंश र शिशुपालले गरेका गल्तीहरु ओलीले गरिरहेको भन्दै उनीहरुसँग तुलनात्मक रुपमा अध्ययन गरेर देखाउन आवश्यक रहेको बताए । उनले ओली कम्युनिष्टको आवरणमा जन्मिएको तानाशाह भएको टिप्पणी गरे । 

Advertisement

हिटलर डेमोक्रेसीको आवरणमा तानाशाह बनेको उदाहरण दिँदै उनले ओलीले पनि त्यही प्रवृति गरिरहेको आरोपसमेत लगाए । माधव नेपालले भने, ‘केपीको बारेमा चर्चा गर्दा ठ्याक्क रावणमा के के प्रवृतिहरु देखिए, कंशमा के के प्रवृतिहरु देखिए, शिशुपालले सय वटा के के अपराध ग¥यो ? र हिटलरले के के कुकृत्य गरेको थियो ? ठ्याक्क त्यसलाई तुलनात्मक अध्ययन गरेर केपी ओलीलाई देखाउनुस् । डेमोक्रेसीको आवरणमा हिटलर तानाशाही भयो । डेमोक्रेसीको आवरणमा बोल्यो । डेमोक्रेसीले नै जन्माएको हो हिटलर । तर डेमोक्रेसीले सबैलाई राम्रो मात्र जन्माउँदो रहेनछ । तानाशाह पनि जन्माउँछ ।’

उनले थपे, ‘काँग्रेस वा भनौँ हाम्रा विपक्षीहरुलाई के भन्नुपर्छ भने कम्युनिष्टहरु अधिनायकवादी हुन्छन् भन्छन् नि, होइन, कम्युनिष्टको आवरणमा पनि तानाशाहहरु जन्मिदा रहेछन् । डेमोक्रेसी र समाजवादको आवरणमा, साम्यवादको आवरणमा, कम्युनिष्टहरुको आवरणमा पनि तानाशाह जन्मिन्छ । कम्युनिष्ट भएकैले सबै तानाशाह हुन्छन् भन्ने कुरा होइन । यो पात्र विशेषमा उत्पन्न भएको विकृत प्रवृति हो ।’

Advertisement

Advertisement