इन्दिरा गान्धी प्रियदर्शिनी लाइफटाइम अचिभमेन्ट अवार्ड व्यवसायी प्रमिला रिजाललाई

Advertisement

काठमाडौं । दक्षिण एसियाली महिला विकास मञ्चका अध्यक्ष प्रमिला आचार्य रिजालले इन्दिरा गान्धी प्रियदर्शिनी लाइफटाइम अचिभमेन्ट अवार्ड पाएकी छन् । नेपालको महिला व्यापार क्षेत्रमा विशेष योगदान पुर्याएको योगदानको कदर गर्दै उनलाई यो अवार्ड प्रदान गरिएको हो । 

भारतको नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा भारतीय लघु, साना तथा मझौला उद्योगमन्त्री नारायण तातु राणेले प्रमिलालाई उक्त अवार्ड प्रदान गरे । सार्क राष्ट्रमा महिला उद्यमशीलता बृद्धिमा सक्रिय रहने महिलालाई यो अवार्ड दिइने गरिएको छ । जसमा भारतीय उद्यमी महिला पनि पर्छन् । 

Advertisement

Advertisement

Advertisement