महिलाहरुले आँट गर्नु पर्छ

एक विश्व कीर्तिमानी आरोहीको सपनाः गाउँपालिका अध्यक्ष चुनिएर ‘गाउँमै बसौं–बसौं’ बनाउँछु

Advertisement

काठमाडौं। विश्व कीर्तिमानी हिमाल आरोही माया गुरुङले आसन्न स्थानीय निर्वाचनमा सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेकी छन् । 

विश्वका सात वटै महादेशका हिमाल चढेर विश्व कीर्तिमान राख्न सफल उनले सर्वोच्च शिखर सगरमाथाको पनि सफल आरोहण गरेकी छन् । माया गुरुङले महिलाहरुले आँट गर्नुपर्छ, भन्ने सोचका साथ गाउँपालिका अध्यक्षमा उम्मेद्वारी दिन लागेको बताइन् । 

Advertisement

कपोरेट नेपालकी फुर्पा शेर्पासँगको उनले दिएको प्रतिक्रियाः 
महिलाहरुले आँट गर्नुपर्छ । अहिलेको यो मेरो उम्मेद्वारी नै आँट कै हो, हामीले अब पनि आँट नगर्ने हो भन्ने कहिले पनि त्यो अवसर पाउँदैनौं। कुनै पनि अवसर पाउने हो भने आँट गर्नुपर्छ । त्यो सन्देश युवाहरुलाई दिन र आफूले देखेको सपना पूरा गर्न सकिन्छ भन्ने हो। महिलाहरु अध्यक्ष पदहरुमा त्यति धेरै देखिएन । यो पटक सुरुवात गरुम । कहिले त सुरुवात गनुैपर्छ । अब पनि सुरुवात नगरे महिलाहरुले गर्नसक्छ भनेर कसैले आएर मौका दिँदैन्। आफ्नो शक्ति आफैले नै पत्ता लगाउनुपर्छ भन्ने सोचका साथ यस पटक चुनावमा उठ्ने निर्णय गरेको हुँ । 

यो मेरो बच्चादेखिको सपना हो । आफ्नो ठाउँ र देशमै केही गर्नुपर्छ भन्ने थियो। मैले हिमाल चर्दैगर्दा वा सामाजिक कामहरु गरिरहँदा मलाई मेरै ठाउँ परिवर्तन हुनुपर्छ भन्ने भएको थियो। पहिलाको स्थानीय चुनावदेखि नै अब महिलाहरु अगाडी आउनुपर्छ भन्ने थियो । म सधै महिला नेतृत्व खोजी रहने मान्छे हो । महिलाहरुलाई परेको पीडा, समस्या कसले सुने ? हाम्रो आवाज कसले सुन्छ ? राजनीतिकमा लाग्छु भन्ने कहिले पनि थिएन् । तर विदेशतिर भ्रमण गर्दै गर्दा विदेशमा युवाहरुको हालतहरु देखियो । अहिले प्रजातन्त्रदेखि लिएर लोकतन्त्र आइसक्दा पनि महिलाहरुको अवस्थामा खासै परिवर्तन देखिएन् । जहिले हामी महिलाहरु सधै पछाडी किन ? भन्ने लाग्यो । विश्वका सात वटै महादेशका हिमालहरु पनि चढियो, । धेरै लामो समयदेखि नै सामाजिक कामहरु गर्दै आएको छु। मेरो आफ्नो ठाउँ जसरी भए पनि मार्थि लानुपर्छ । महिलाहरु पनि अगाडी आउनुपर्छ र मेरो ठाउँ पनि विकास हुनुपर्छ भन्ने हिसाबले विगत लामो समयदेखि काम गरिरहेको हो।  विशेषगरी मैले शिक्षा, महिला आर्थिक सशक्तिकरणमा ध्यान दिन खोजेको छु । 

यो स्थानीय चुनाव आउनुभन्दा अगाडीदेखि नै एक हिसाबले अब मैले राजनीति गर्नुपर्ने रहेछ भन्ने भएपछि यस पटकको चुनावमा उम्मेद्वारी घोषणा गरेकी हु। बीचमा यो सोच्नुको कारण मेरो आमालाई र उहाँको कुराले पनि मलाई प्रेरित गरेको हो । मेरो आमालाई मैले विश्व घुमाउने क्रममा अमेरिका लिएर जाँदा फर्किने बेला यो ठाउँमा मेरो शत्रु पनि नआओेस भनेर भन्नुभएको थियो । उहाँलाई त्यो ठाउँ मन परेन । आमालाई आफ्नै ठाउँ मन पर्यो । त्यसपछि केही समयपछि अष्ट्रेलियामा जाँदा उहाँ एकदम खुसी हुनुभयो । त्यहाँ बहिनीसँग भेटर आमा एकदम खुःसी हुनुभएको थियो। त्यसपछि उहाँलाई विदेशमा पढ्न गएकी छोरी, पैसा कमाएर नेपाल फकिन्छ भने सोच रहेछ । जब आमाले छोरी नेपाल आउँदैन् भन्ने महशुस गरेपछि उहाँलाई एक हप्तासम्म गाह्रो भयो । 

जति पनि नेपालीहरु विदेशमा छन्, उनीहरु विदेशमै बस्ने भयो भन्ने चिन्ताले आमालाई एकदम पीडा भयो । आफ्नो सन्तान आफूबाट टाढा भयो । देशभित्र नभएर विदेशमा गएर उसले आफ्नो संसार नै त्यहाँ बनाउने भयो । मेरो आमालाई जस्तै धेरै आमाहरुको त्यही पीडा हो । सबै जनालाई आफ्नो भविष्य बनाउनु छ । सक्नेहरुले काठमाडौं वा काठमाडौंबाट कहाँ सक्छ, आफ्नो हैसियतअनुसार यूरोपमा हुन्छ कि, अष्ट्रेलिया,, अमेरिका लगायतका देशहरुमा जान्छन्। तर परिवारसँग टाढा र नाता पनि बिस्तारै टुट्दै जान्छ । त्यो परिवारलाई जोड्ने कसरी ? 

देशमा सबैभन्दा समस्या भनेको रोजगार हो । रोजगार नभएकै कारण मान्छेहरु विदेशिन बाध्य भएका छन् । विदेश गएर नेपाल फर्किएर पनि के गर्ने ? जति कमाएर लिएर आएको सबै पैसा सिध्याउने । उनीहरुसँग न सिप छ, न शिक्षा छ । हामी कहाँ सिप पनि छैन् । शिक्षा पनि छैन् । भने पछि विकल्प के हुन्छ त ? मान्छे डिप्रेशनमा जान्छन् । हामी ठूलो–ठूलो कुराहरु मात्र गछौं । जनताको सानो–सानो कुराहरुमा ध्यान दिएको हुँर्दैन्। हामीलाई चाहेको भनेको शिक्षा हो। शिक्षा नभएकन कुनै पनि कुरा संभव छैन् । शिक्षासँगै सिप पनि चाहियो। सिपसँगै रोजगार पनि चाहियो। यो सबै चिज संभव छ । ंभव नभएको होइन् । हामी कहाँ खाली राजनीतिक कुरा मात्र हुन्छ । तर विकासकै कुरा गर्ने परिवर्तनको कुरा कुरा हुँदैन् । आर्थिक रुपान्तरणको कुरा गर्ने कमै मात्र छन् । तर जनताले चाहेको के हो ? अहिले गाउँ घरमा समस्या भनेको आफ्नो बच्चालाई कसरी पढाउँ ? राम्रो शिक्षा कसरी दिउ ? पढाई सकेपछि, उनीहरुलाई रोजगारी कसरी दिलाउ ? भन्ने चिता छ । बाटोको पनि त्यतिकै समस्या छ। 

म टुरिजम पृष्टभूमिको हुँ । धेरै लामो समयसम्म यही क्षेत्रमा काम गरिरहेको छु । हामी कहाँ प्राकृतिक सम्पदाहरु छ । जे छ त्यही चिजहरु बेच्ने हो। हामीले बनाउनु नै पदैन। अब दुबई जस्तो मरुभूमिमा मान्छेले एकदमै हरियाली बनाएको छ । तर हाम्रो देशमा प्रकृतिले दिएको कुराहरु छ । प्रकृतिले हिमालहरु, खोला नालाहरु, तालहरु दिएको छ। त्यस्तो चिजहरुलाई विभिन्न ढंगले बिक्री गर्न सक्छौं । । त्यो कुरालाई किन मार्केटिङ गर्न सक्दैनौं ? त्यहीबाट हामीले जिवीकोपार्जन गर्ने हो । पाँचपोखरीको अध्यक्षमा उम्मेद्वारी दिइरहँदा काठमाडौंसँग जोडिएको सिन्धुपाल्चोक जिल्ला तर कर्णाली भन्दा खत्तम छ विकास र सुविधाका दृष्टिले । कर्णाली एकदम राम्रो हुँर्दै गइरहेको छ । तर हाम्रो ठाउँको गाउँ जानको लागि पनि अझै गाह्रो छ । बर्खामा बाटो नै हुँदैन् । त्यस्तै शिक्षाको कुरा गर्ने हो भने हामी गुणस्तर शिक्षाको कुरा गछौं । तर शिक्षा नै पुगेको छैन् । गुणस्तर शिक्षा कहिले हो कहिले ? शिक्षा, रोजगारीको बारेमा कसले सोच्ने ? रोजगारको बारेमा सोच्ने कसले ? युवाहरुको बारेमा कसले सोच्ने ? महिलाको बारेमा कसले सोच्ने ? बुवा आमाको बारेमा सोच्ने कसले ? यो कुराहरुलाई जोड्नका लागि एउटा गुणस्तरीय शिक्षा र बाटो घाटो गाउँमा हुनुपर्यो । हामीले कमाउने भनेको पर्यटन क्षेत्रबाट हो। हाम्रो देशको सबै भन्दा ठूलो उद्योग भनेको पर्यटन हो । लगानी गर्ने भनेको पर्यटन क्षेत्रमा हो । पर्यटन क्षेत्रमा लगानी गर्न सके जति पनि हाम्रो देशमा युवाहरु छन्, उनीहरुलाई रोेजगारी दिन सक्छौं । एउटा पर्यटन हो । अर्को कृषि क्षेत्र पनि भयो । अहिले करिब ८०–८५ प्रतिशत जमिनहरु बाँझो गइरहेको छ ।

हामीले भूमि बैंकमार्फत सबै बाँझो जमिनलाई परीक्षण गरेर के गर्न सकिन्छ ? गर्नुपर्छ । माटो सुहाउँदो खेती गर्ने । अहिले कृषिमा पहिला जस्तो दुःख पनि गर्नुपर्दैन । विभिन्न प्रविधिहरु प्रयोग गरेर गर्न सकिन्छ । हामीले हरेक चिजहरु किनेर खानुपरेको छ । अब मेरो गाउँमा भारतबाट आएको फलफुल, तरकारी किनेर खानुपर्छ । हामीसँग भएको जग्गा सबै बाँझो भएको छ । यदि हामीले आजको दिनमा पनि नसोच्ने हो भने। हाम्रो देशको भयभ स्थितिमा हुने छ, हाम्रो युवाहरुको भविष्य के होला, हाम्रो बालबालिको भविष्य के होलारु भन्ने एक किसिमको डर छ, यहि कुराहरु देखेर नै मैले घोषणा गरेको। 

विश्वका सात वटै महादेशका हिमाल चढ्ने हामी सात जना नेपाली महिला नै हौ। नेपाल देश सानो छ । गरिब छ । त्यहाँका मानिसहरु भष्टाचार गर्छ भन्ने जस्तै नकारात्मक कुराहरु धेरै आउँछ । तर सकारात्मक कुराहरु पनि छन् । नेपालका महिलाले पनि यस्तो साहसिक काम गर्न सक्यौं भन्ने राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा पनि धेरै राम्रो सन्देशहरु पनि गयो । हामी सात जना महिलाले हाम्रो मिशन पूरा गरेर कीर्तिमान बनाएपछि अमेरिकाको ह्वाइट हाउसले सम्मान गरेको थियो । हामी सात जना महिलालाई हाम्रो मिशन पूरा गर्न सात वर्ष लाग्यो । मेरो आफ्नो व्यापार पनि छ । एउटा ट्रेकिङ कम्पनी र वाल क्लाइमिङ पनि छ । साथै म विश्वव्यापी समावेशी साहसिक संगठनको अध्यक्ष छु । कति मान्छेहरुसँग पैसा हुँदैन् । पैसा नभएको कारणले उनीहरुले चाहेको जस्तै गाइड बन्नको लागि पनि मैले सहयोग गरिरहेको छु । त्यस्तै अर्को म पढ्न चाहने व्यक्तिहरु जो पढ्न एकदम रुची भएको, तर आर्थिक स्थिति कमजोर भएकालाई मैले पढाइरहेको छु । केही बहिनीहरु नर्स, डाक्टर, माउन्टेन गाइड,, ट्रेकिङ भएका छन् । यस्तो किसिमको कार्यहरु मेरो संस्थाले गर्दै आएको छ। हाम्रो संस्थाको उश्द्देय भनेको माउन्टेन वातावरण, शिक्षा र महिला आर्थिक सशक्तिकरणमा काम गर्नुु हो।

मेरो पहिलो स्टेप चाँहि शिक्षा नै हो। म शिक्षामा आमुल परिवर्तन ल्याउँछु, हामी पछाडी परेको कारण नै त्यही हो। आजको दिनमा पनि आफ्नो बालबालिकालाई पढाउनका लागि पनि बुबा आमाले संघर्ष गर्नु परेको छ, हामी कहाँ, पछिलो पटक स्कुलहरु बनेको छ, स्कुलको शिक्षकहरु झोला बोकेर हिड्नुपर्ने बाध्यता छ । स्कुलको प्रिन्सिपलहरु मेरो स्कुल बनाइदिनुपयो, सहयोग गरिदिनुपर्यो भनेर विभिन्न संस्थाहरुमा धाउनुपर्ने बाध्यता छ । तर यो भनेको राज्यको काम हो । स्थानीय सरकारले आफ्नो ठाउँमा शिक्षाको कसरी विकास गर्न सकिन्छ ? भनेर सोच्नुपर्ने कुरा हो । 

त्यहाँ भएको जति पनि स्कूलहरुमा गुणस्तर शिक्षा हुन्छ, त्यसको लागि कुनै पनि शिक्षक, अभिभावकले मागेर हिंड्न नपरोस्, । म माग्ने कुराको अन्त्य गर्न चाहान्छु । त्यस्तै, अर्को चाहीं टुरिजमको एकदमै सम्भावना भएको हाम्रो गाउँ हो । काठमाडौं बाहिर पर्यटक र आन्तरिक पर्यटक घुम्न मिल्ने ठाउँ हो । काठमाडौमा नेपालीहरु नै यति धेरै छन् । काठमाडौंमा भएका ४–५ लाख मात्र पर्यटक हाम्रो ठाउँमा लान सक्योभन्ने रोजगारीको लागि युवाहरु विदेशिनुपर्दैन् । अहिले मान्छेहरुसँग पैसा छ । घुम्ने ठाउँ कहाँ छ ? थाहा नै छैन् । कम्तिमा पनि रोजगार दिलाउने, शिक्षा अनिवार्य गर्ने, आधारभूत स्वास्थ्य सुविधा हामी पूरा गछौं । त्योबाहेक कृषितर्फ त्यहीको जैविक उत्पादन गछौं । अहिले जति पनि बाँझो जग्गाहरु छ, सबैलाई हामी हराभरा बनाउने, त्यहाँको मानिसलाई आत्मनिर्भर बनाउने मेरो लक्ष्य छ । 

Advertisement

Advertisement