कर्पोरेटनेपालकर्मी बोलखे सम्मानित

Advertisement

काठमाडौँ । कर्पोरेटनेपालकर्मी खेम बोलखे सम्मानित भएका छन् ।

रौतहटस्थित चन्द्रपुर नगरपालिका वडा नम्बर ४ र साहित्य सञ्जाल रौतहटले एक समारोहका बीच बोलखेलाई सम्मान गरेका हुन् । 

Advertisement

पत्रकारिता र साहित्यको क्षेत्रमा विशिष्ठ योगदान गरे बापत उनलाई सम्मान गरिएको हो । वरिष्ठ नाटककार अशेष मल्ल, आख्यानकार नगेन्द्रराज शर्मा, वडाध्यक्ष अमर आले र साहित्य सञ्जाल रौतहटका अध्यक्ष माधव काफ्लेले बोलखेलाई सम्मानपत्र हस्तान्तरण गरेका हुन् ।

उक्त समारोहमा बोलखेसँगै समाजसेवी/साहित्यका तथा चिकित्सक डा. शालिग्राम शर्मा, पूर्व फुटबल खेलाडी खड्ग आले र चन्द्रनिगाहपुर क्षेत्रमा चारदशक भन्दा बढी समयदेखि चिया पसल सञ्चालन गर्दै हल्दार्नी आमैकी नामले चिरपरिचित नरकुमारी गुरुङलाई पनि सम्मान गरिएको थियो ।

समारोहमा चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरी, साहित्यकारहरु र चन्द्रपुर क्षेत्रका समाजसेवीहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो । 

 

Advertisement

Advertisement