'कुनै पनि पक्षमा नलागी तटस्थ बस्न तयार छौं, तर निशस्त्र हुनुपर्ने रुसी शर्त स्वीकारिन्न'

Advertisement

एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति सम्झौताका लागि आफ्नो देश कुनै पनि पक्षमा नलागी तटस्थ हैसियतमा बस्न तयार रहेको बताएका छन् । तर उनले निशस्त्र हुनुपर्ने रुसी शर्त अस्वीकार गरेका छन् । 

अमेरिका नेतृत्वको पश्चिमा सैन्य संगठन नेटोसँग नजिकिएसँगै रुसी सैन्य आक्रमणको सामना गरिरहेको युक्रेनका राष्ट्रपति जेलेन्स्कीले कतै पनि नलाग्ने शर्तमा शान्ति सम्झौताका लागि छलफल गर्न तयार रहेको बताएको बीबीसीले जनाएको छ । 

Advertisement

तर त्यसका लागि जनमत सङ्ग्रहमा जानुपर्ने र त्यसको सुनिश्चितता तेस्रो पक्षहरूबाट हुनुपर्ने उनको शर्त छ । स्वतन्त्र रुसी पत्रकारहरूसँग रुसी भाषामा अन्तरवार्ता दिने क्रममा जेलेन्स्कीले रुसी हमलाले युक्रेनको रुसी भाषा बोलिने शहरहरू ध्वस्त पारेको बताए । 

युक्रेन र रुसबीच नयाँ चरणको प्रत्यक्ष वार्ता यसै साता टर्कीमा हुँदैछ । सोही क्रममा उनको यस्तो भनाई आएको हो । जेलेन्स्कीले निःशस्त्रीकरण हुनुपर्नेजस्ता रुसी माग  युक्रेनले स्वीकार नगर्ने भन्दै आफ्नो राष्ट्रको सुरक्षा अनिवार्य रहेको बताए । 

उनले भने, ‘अवश्य हाम्रो लक्ष्य देशमा सक्दो छिटो शान्ति र जनजीवन सामान्य अवस्थामा फर्कियोस् भन्ने छ । निशस्त्रीकरण हुनुपर्ने शर्त स्वीकार्य छैन् ।’ उनले आंशिक रूपमा रुस पक्षधर पृथकतावादीहरूले नियन्त्रण गरिराखेको डोनबास क्षेत्रमा सम्झौता गर्न सकिने बताएका छन् । 

जेलेन्स्कीले रुसलाई युक्रेनी भूभागबाट पूरै बाहिर निकाल्न असम्भव छ भन्दै त्यो गरे तेस्रो विश्वयुद्धको संभावना रहेकाले त्यो नहोस भनेर आफूले शान्ति सम्झौताको कुरा गरेको बताए । उनले अबको शानित वार्तामा आफ्नो सार्वभौमसत्ता र भौगोलिक अखण्डताको कुरा गर्ने बताए । 

Advertisement

Advertisement