श्रीलङ्काको नयाँ मन्त्रिमण्डलमा चार मन्त्रीले लिए सपथ

Advertisement

कोलोम्बो । श्रीलङ्का राष्ट्रपति गोटाबाया राजपाक्षले सोमबार चार मन्त्रीलाई नियुक्त गरेका छन् । 

उनहरूले सोमबार नै पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रमा गम्भीर आर्थिक र राजनैतिक सङ्कटको बीचमा पूरानो मन्त्रीमण्डलका सबै मन्त्रीहरूले आफ्नो राजीनामा दिएपछि आएको स्थितिलाई सम्हाल्दै नयाँ मन्त्रीमण्डलको घोषणा गरेका हुन् । 

Advertisement

राष्ट्रपति कार्यालयका अधिकारीहरूका अनुसार पूर्व न्याय मन्त्री अली सबारीले अर्थमन्त्रीको रूपमा शपथ लिनुभएको छ भने जीएल पेइरिस विदेश मन्त्री, दिनेश गुनवर्देना शिक्षा मन्त्री र जोन्सटन फर्नान्डो राजमार्ग मन्त्रीको रूपमा सपथ लिएका छन् । 

अधिकारीहरूले यदि विपक्षी दलहरू एकताबद्ध सरकार गठन गर्न सहमत भएमा उनीहरूलाई पनि मन्त्रीमण्डलमा राखिने बताएका छन् । 

श्रीलङ्काको आर्थिक सङ्कट, दैनिक घण्टौं लामो लोडसेडिङ र इन्धन अभाव तथा अन्य अत्यावश्यक आपूर्तिलाई समाधान गर्न सरकारले तत्काल कदम चाल्न आह्वान गर्दै सार्वजनिक विरोध प्रदर्शन गरेको धेरै दिन भइसकेको छ ।

श्रीलङ्काका नयाँ मन्त्रीहरूले आर्थिक अस्थिरता र दक्षिण एसियाली देशमा इन्धनको गम्भीर अभावबीच बढ्दो विरोधको आह्वानको जवाफमा आइतबार राति आफ्नो पदबाट राजीनामा दिने प्रस्ताव गरेका थिए । सोमबार राष्ट्रपति राजपाक्षले जारी सङ्कटको समाधान खोज्न सरकारमा सहभागी हुन सबै राजनीतिक दललाई आग्रह गर्नुभएको छ । रासस/सिन्ह्वा 

Advertisement

Advertisement