सत्ता गठवन्धनलाई हराउन भरतपुरमा एमाले र राप्रपा मिले

Advertisement

चितवन । सबैको चासोको केन्द्र बनेको भरतपुर महानगरपालिकामा सत्ता गठवन्धनका पाँच दलका उम्मेदवारहरु हराउन नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एक भएका छन् । 

राप्रपाको तालमेल गर्ने केन्द्रीय नीति नभए पनि पाँच दलीय गठवन्धनलाई हराउन भरतपुरमा भने एमालेसँग मिल्न बाध्य भएको हो । तालमेलका लागि भएको सहमतिअनुसार महानगरको मेयरमा एमाले र उपमेयरमा राप्रपाले उम्मेदवार उठाउने भएका छन् । भरतपुर राप्रपाका नेता विक्रम पाण्डेको पडक रहेको क्षेत्र पनि हो । 

Advertisement

दुई दलबीच विभिन्न वडामा पनि तालमेल भएको छ । गएको स्थानीय निर्वाचनमा भरतनपुर महानगरपालिकाको उपमेयरको उम्मेदवार रहेकी राप्रपाकी सहमहामन्त्री रिना गुरूङका अनुसार सत्ता गठवन्धनलाई हराउन एमाले–राप्रपा गठवन्धन सफल हुनेछ । 

सत्तारुढ गठबन्धनबाट मेयरमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल पुत्री रेनु दाहाल र कांग्रेसबाट उपमेयरमा चित्रसेन अधिकारी उम्मेदवार हुने तय भइसकेको छ । भरतपुरको मेयर माओवादीलाई दिएको भन्दै चितवन कांग्रेसमा तीव्र असन्तुष्टि देखिएको छ ।

Advertisement

Advertisement