रातो मच्छिन्द्रनाथको रथ तान्न सुरु

Advertisement

काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथ यात्रा सुरु भएको छ । मच्छिन्द्रनाथको जात्राअन्तर्गत बुधबार पुल्चोकबाट रथ तान्न सुरू गरिएको छ । 

चार दिन पहिले रथारोहण भए पनि आजबाट रथ तान्न सुरु भएर गाबहाल पुर्याइएको छ  । काठमाडौं उपत्यकाको सबैभन्दा लामो जात्राका रूपमा रहेको रातो मच्छिन्द्रनाथको जात्रा बृहतरुपमा मनाइने गरिन्छ । 

Advertisement

रथलाई बिहीबार गावहालमा भुजा जात्रा गरेपछि साँझ तानेर मङ्गलबजार आसपास पुर्याइने छ । रथलाई सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावालाखेलमा पुर्याएर भोटो देखाउने चलन छ । यससँगै मच्छिन्द्रनाथलाई सानो खटमा राखी बुङमतीमा लगिएपछि जात्रा समापन हुन्छ ।

मच्छिन्द्रनाथलाई लोकनाथ, रातो मच्छिन्द्रनाथ वा मत्स्येन्द्रनाथ, बुङ्गमलोकेश्वर, बुँगद्यः, आर्यावलोकितेश्वर, वृष्टिदेव आदि विभिन्न नामले पुकार्दै उपत्यकावासीले श्रद्धाका साथ पूजापाठ र जात्रा मनाउने चलन छ । 

Advertisement

Advertisement