सोमबारदेखि फोहोरका गाडी सिसडोल नपठाउन काठमाडौँ महानगरलाई पत्र

Advertisement

काठमाडौँ । काठमाडौँबाट फोहोरमैलाको गाडी सोमबारदेखि सिसडोल नपठाउन रोयल युथ क्लब ककनी नुवाकोटले अनुरोध गरेको छ । 

काठमाडौँ महानगरपालिकाले फोहोरमैला बालाजु, मुड्खु ढोका, आठमाइल, तीनपिप्ले हुँदै लागे गरिएकोमा बाटोको समस्या समाधान नहुँदामा सम्म स्थानीयवासीले फोहोर मैलाको गाडी रोके पछि हाल जरंखु, चिसापानी, तीनपिप्ले हुँदे गइरहेको छ । 

Advertisement

तर फोहोर मैला सिसडोलमा लाने क्रममा धेरै समस्या देखिएको क्लबका अध्यक्ष राजबाबु न्यौपानेले जनाएका छन् । गाडीबाट बाटोमै फोहोर खस्दा स्थानीयवासी प्रभावित भइरहेका छन् । 

उक्त समस्या समाधान नभएसम्म फोहोरका गाडी भोलिबाट नपठाउन अनुरोध गर्दै क्लबले काठमाडौँ महानगरपालिका वाताबरण विभागलाई जानकारीसहितको पत्र पठाएको अध्यक्ष न्यौपानेले बताए ।    
 

Advertisement

Advertisement