एनएमबि बैंकले ‘छोरी’ संस्थामा गर्यो वित्तीय साक्षरता कार्यक्रम

Advertisement

काठमाडौँ । एनएमबि बैंकद्धारा विभिन्न कारणले जोखिममा परेका महिलाहरुलाई उद्धार तथा शशक्तिकरण गर्दै आएको गैह्र सरकारी संस्था ‘छोरी’मा आवद्ध दिदी बहिनीहरुलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । 

कार्यक्रममा छोरी संस्थाका ५५ जना महिला दिदी बहिनीहरुको उपस्थिति रहेको थियो । बैंकको लघुवित्त बिभागद्धारा आयोजित उक्त कार्यक्रमा उपस्थित दिदि बहिनीहरुलाई उत्प्रेरणाको साथैै बचत, लगानी, बिभिन्न प्रकारका कर्जाहरु तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य बिभिन्न सेवाहरुको बिषयमा वित्तीय शिक्षा प्रदान गरिएको थियो । 

Advertisement

उक्त कार्यक्रममा एनएमबि बैंकका तर्फबाट कर्मचारीहरु डा. बुद्धि मल्ल, शरद पौडेल, नबिन पन्थी र छोरी संस्थाकोे तर्फबाट कार्यक्रम संयोजक शारदा पुरीको उपस्थिति रहेको थियो ।

बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ । 

Advertisement

Advertisement