गरिमा विकास बैंकले जेठ महिना भरी गर्यो वित्तीय जागरण कार्यक्रम

Advertisement

काठमाडौँ । गरिमा विकास बैंकले आफ्ना सम्पूर्ण शाखा कार्यालयहरुबाट जेठ महिनाभर विभिन्न विद्यालय, कलेज, अफिस लगायतका स्थानमा बैंक तथा वित्तीय संस्था सम्बन्धी बृहत वित्तीय जागरण कार्यक्रमको आयोजना गरेको छ । 

वित्तीय जागरण कार्यक्रम अन्तर्गत बैंकका सबै १२० शाखाले दुईवटा वित्तीय जागरणका कार्यक्रम आयोजना गरेका हुन् । जस अन्तर्गत, बैंकले दिने सेवा तथा सुविधाहरु, बचत गर्नुको फाईदा, वित्तीय सल्लाहसुझाव एवम् डिजिटल बैकिङका फाईदाहरुको बारेमा विस्तृत चर्चा तथा परिचर्चा भएको थियो । 

Advertisement

हरेक कार्यक्रममा बैंक तथा वित्तीय संस्था सम्बन्धी जान्न चाहनेहरुको सहभागिता रहेको थियो । 

बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर तथा ५१ एटिएमबाट बैंकिङ सेवा दिंदै आईरहेको छ । 

Advertisement

Advertisement