प्रभु बैंकका ग्राहकलाई दि क्लिफको सेवामा छुट दिने सम्झौता

Advertisement

काठमाडौँ । प्रभु बैंक र दि क्लिफ प्रालिबीच  छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । 

बैंकको तर्फबाट गण्डकी प्रदेश मुख्य व्यवसाय केन्द्र अधिकारी  शान्ती शेरचन र दि क्लिफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ईश्वरध्वज कार्कीद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरिएको छ । 

Advertisement

सम्झौता अनुसार बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले दि क्लिफद्धारा सञ्चालित स्काई साइक्लिङ, स्काई क्याफे, तथा स्काई ग्लाइडिङ गतिविधिमा १० प्रतिशत छुटका साथै बन्जी जम्पिङ र स्विङ गतिविधि बुकिङ गर्दा यी ६ गतिविधि (स्काई चियर्, विइसीङ ह्याण्ड, हर्स राइडिङ, क्रेज ब्रिड्ज, जाइन्ट पिङ, तथा फ्यामिली पिङ) मध्य कुनै एक गतिविधिमा निस्शुल्क सेवा प्राप्त हुने भएको छ ।

सम्झौता अन्तर्गत दि क्लिफमा सुविधा लिन चाहने सम्पूर्ण ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यु आर र पीओएस मेसिन च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, दि क्लिफका सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । 

Advertisement

Advertisement