सांग्रिला डेभलपमेन्ट बैंकले केन्द्रीय कार्यालयको  शौचालयलाई सार्वजनिक बनाउने

Advertisement

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले केन्द्रीय कार्यालय परिसरमा रहेको  शौचालयलाई सार्वजनिक बनाउने भएको छ ।  

काठमाडौं महानगरपालिकाले महानगर भित्र संचालनमा रहेका होटल, रेष्टुरेण्ट, बैंक, व्यवसायिक कम्प्लेक्स, सपिङ्ग मल, गैरसरकारी संस्था तथा अन्य व्यवसायीलाई ऐच्छिक रुपमा आफ्नो शौचालय सार्वजनिक प्रयोगका लागि खुला गर्न आह्वान गरेको थियो । 

Advertisement

सोही आह्वान अनुसार काठमाडौं महानगरपालिका कार्यालयसँग समन्वय गरी बैंकले आफ्नो केन्द्रीय कार्यालय, बालुवाटार परिसरमा रहेको शौचालय सार्वजनिक शौचालयको रुपमा सर्वसाधारण नागरिकलाई निःशुल्क प्रयोग गर्न दिने भएको हो । 

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख संचालन अधिकृत अपूर्वप्रसाद जोशी र काठमाडौँ महानगरपालिकाको मातहतमा रहेको सार्वजनिक निजी साझेदारी इकाईका तर्फबाट नुरनिधि न्यौपानेले हस्ताक्षर गरेका छन् ।  
 

Advertisement

Advertisement