स्मार्टच्वाईस र मोरू डिजिटल वालेटवीच क्यूआर मार्फत भुक्तानी सेवा संचालन

Advertisement

काठमाडौँ । स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र मोरु डिजिटल वालेट  बिच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवा संचालनको लागि सम्झौता सम्पन्न भएको छ ।

पे नेप (मोरू) कोे कार्यलयमा आयोजित कार्यक्रकाबीच स्मार्टच्वाईस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र पे नेप (मोरू वालेट) का तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशितोष साहबीच स्मार्ट क्यूआर सेवा संचालन सम्झौतामा हस्ताक्षर भएको होे ।

Advertisement

स्मार्टच्वाईस टेक्नोलोजिज र मोरू डिजिटल वालेटबीच भएको यो सहकार्यले मुलुकको डिजिटल भुक्तानीको विकासमा थप योगदान पुग्न जाने आशा लिइएको छ ।

यस सम्झौतासंगै पाँच लाख मोरू वालेट प्रयोगकर्ताले १६०,००० स्मार्ट क्यूआर मर्चेन्टहरुलाई भुक्तानी गर्न सक्नेछन् भने मोरू वालेट मार्फत बिभिन्न ब्यापारब्यबसायमा संलग्न व्यबसायीहरुले स्मार्ट क्यूआर मार्फत भुक्तानी लिनलाई स्माट क्यूआरको सुविधा लिन सक्नेछन् । 
 

Advertisement

Advertisement