एलआईसी नेपालले तीन जिल्लामा गर्यो बीमा जागरण कार्यक्रम

Advertisement

काठमाडौँ । एलआईसी नेपालले कालिकोट जिल्लाको मान्म,‌ तेह्रथुमको म्याङलुङ र सुनसरीको रामधुनीमा बीमा जागरण तथा सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ ।  

सो अवसरमा निःशुल्क स्वास्थ्य सम्बन्धी जानकारी पनि प्रदान गरिएको थियो । ग्रामीण भेगमा बीमाको बारेमा पर्याप्त ज्ञान नभएको तथ्यलाई मध्यनजर गर्दै सो कार्यक्रम संचालन भएको हो । 

Advertisement

विभिन्न जिल्लामा सञ्चालन भएको कार्यक्रममा एलआईसी नेपालका कम्पनी सचिव सुदर्शन गिरी र अन्य कर्मचारीहरुले सहजीकरण गरेका थिए । 

Advertisement

Advertisement