सुनचाँदी ब्यवसायीहरुले ब्यवसायिक एकरुपता कायम गर्ने

Advertisement

काठमाडौं । सुनचाँदी ब्यवसायीहरुबीच यस क्षेत्रमा हुनै सवै खालका कारोबार र ब्यवसायिक गतिविधीहरुमा एकरुपमा ल्याउने निर्णय भएको छ । काठमाडौंमा आज सम्पन्न नेपाल सुनचाँदी ब्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघबीच यस्तो सहमति भएको हो । 

दुई महासंघबीच भएको सहमतिका क्रममा दुवै महासंघको काठमाडौं उपत्यकाका विभिन्न जिल्लाका प्रतिनिधीहरुको समेत सहभागिता रहेको थियो । यो निर्णयसँगै सुनको आपूर्ति तथा बिक्रिवितरण, मुल्यनिर्धारण प्रकृया, बिक्रिपछिको खरिद प्रकृया, ज्याला, जर्ति तथा टोलरेन्स लगायतका बिषयमा ब्यवसायिबीच एकरुपता आउने बिश्वास गरिएको छ । 

Advertisement

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले साझा समस्यामा दुवै महासंघ मिलेर अगाडि बढ्नेक्रममा यो निर्णय भएको बताए । यो निर्णयले आम उपभोक्तालाई समेत फाइदा पुग्ने उहाँको भनाई छ । यो निर्णयसँगै मुल्य र गुणस्तरमा एकरुपता कायम हुनेहुनाले आम उपभोक्ताले निर्धक्कसँग कारोवार गर्न सक्ने उनको भनाई छ ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष शुरेसमान श्रेष्ठले साझा समस्यामा दुवै महासंघ मिलेर अगाडि बढ्नेक्रममा यो निर्णय भएको र यसले ब्यवसायीलाई मात्र नभई आम उपभोक्तालाई पनि फाइदा पुग्ने बताए । यसअघि यदाकदा यी बिषयमा ब्यवसायीवीच फरक फरक ब्यवस्था हुने परिपार्टी थियो । कार्यक्रममा ब्यवसायीका विभिन्न समस्याको अध्ययनगर्न एक समिति समेत गठन गर्ने निर्णय भएको छ । 

कार्यक्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ, काठमाडौं सुनचाँदी ब्यवसायी संघ, ललितपुर सुनचाँदी ब्यवसायी संघ, भक्तपुर सुनाँदी ब्यवसायी संघ, काभ्रे सुनचाँदी ब्यवसायी संघ, रत्न तथा आभुषण ब्यवसायी संघ लगायतका संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 
 

Advertisement

Advertisement