पहिलो कान्छो सगरमाथा आरोही शम्भू तामाङको राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि

Advertisement

काठमाडौँ । विश्वकै पहिलो कान्छो सगरमाथा आरोही शम्भू तामाङको राष्ट्रिय सम्मानका साथ सोमबार बिहान स्वयम्भुमा अन्त्यष्टि गरिएको छ । उनको यही बिहीबार उपचारका क्रममा ६७ वर्षको उमेरमा मृत्यु भएको थियो । उनी क्यान्सर रोजगार पीडित थिए । 

आरोही तामाङको दाहसंस्कारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ पनि पुगेका थिए । नेपाल पर्वतारोहण संघको सिफारिसमा सरकारले विश्वको पहिलो कान्छो आरोही तामाङलाई राष्ट्रिय सम्मान दिने निर्णय गरेको थियो । 

Advertisement

तामाङको आजको शबयात्रामा पर्यटन तथा हिमाल आरोहण क्षेत्रका व्यक्ति तथा शुभेच्छुकहरु सहभागी थिए । क्यान्सर अस्पताल हरिसिद्धिमा उनको हड्डीको क्यान्सर र प्रोस्टेटको समस्याको उपचार भइरहेको थियो । सिन्धुपाल्चोकको लिसंखुपाखरमा जन्मिएका तामाङले २०३० वैशाख २३ गते १७ वर्षको हुँदा सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान कायम राखेका थिए । तामाङ नेपाल पर्वतारोहण संघका साथै तिलगंगा आँखा अस्पतालका संस्थापक सदस्य समेत हुन् ।   

Advertisement

Advertisement