पदमा रहुन्जेल जनता र पार्टीको हितमा काम गर्छु : मन्त्री कुँवर

Advertisement

काठमाडौं- श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले मन्त्री पदमा रहुन्जेल जनता र पार्टीको हितमा काम गर्ने बताएका छन्। नेकपा एकिकृत समाजवादी जिल्ला कमिटि कञ्चनपुरले बुधबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री कुँवरले जनताले पठाएरै आफु मन्त्री भएकाले पदमा रहुँन्जेल उनीहरूको हितमा काम गर्ने बताएका हुन्।

उनले जनतालाई सेवा दिनका लागि सामाजिक सुरक्षाको दायरा बढाउन आवश्यक रहेको बताए। मन्त्री कुँवरले सामाजिक सुरक्षा कार्यालयको व्यवस्थापनका लागि पनि काम भइरहेको बताउनु भयो । । जनताले सजिलै सामाजिक सुरक्षा पाउने व्यवस्थापन गर्ने सरकारको जिम्मेवारी पनि भएको उनको भनाई थियो ।

Advertisement

पार्टीका कार्यकर्तासँग कुराकानी गर्दै मन्त्री कुँवरले इमान्दार र जिम्मेवार भएर काम गर्न सबै कार्यकर्तालाई अनुरोध समेत गरे। अहिले रोजगारीका लागि थुपै समस्या भएको भन्दै उहाँले आफुले स्वदेशमै रोजगारी सृजना गर्न पहल गरिरहेको जनाकारी गराए।

मन्त्री कुँवर अछाम सेवा समिति र उद्योग वाणिज्य संघ कैलालीले आयोजना गरेको सम्मान तथा शुभकामना कार्यक्रममा सहभागि थिए। 

Advertisement

Advertisement