नाम्मी र शेरेस ईभी किन्न राष्ट्रिय वाणिज्य बैंकले १ करोडसम्म कर्जा दिने

Advertisement

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र एमएडब्लू–बृद्धि मोटर्स प्रालिबीच  विद्युतीय गाडीमा कर्जा लगानी गर्ने सम्बन्धमा सम्झौता भएको छ । 

सम्झौता अनुसार बैंकले वार्षिक ७.७७ प्रतिशत स्थीर ब्याजदरमा निजी सवारी(रातो प्लेट) को नाम्मी र शेरेस ईभी गाडीका लागि मासिक किस्ताबन्दीमा कर्जा भुक्तानी गर्ने गरी बैंकले अधिकतम एक करोड रुपियाँ कर्जा लगानी गर्ने छ । 

Advertisement

कर्जा रकमको ०.७५ प्रतिशत सेवा शुल्क लाग्ने छ । गाडीको कोटेशनमा अंकित मुल्यको विद्युतीय गाडीको बढिमा ८० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्ने छ भने बढिमा सात वर्षसम्म कर्जा अवधि दिइने यो सम्झौता २०८१ कात्तिक मसान्तसम्म मात्र लागू हुने छ । 

बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २९४ वटा शाखा कार्यालय, ३१२ वटा एटिएम र ७३ वटा  एक्स्टेन्सन काउन्टर रहेको छ । 

यसबैची राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको केन्द्रीय कार्यालय सिंहदरबारप्लाजा स्थित रहेको कल सेन्टर अब २४ सैं घण्टा सञ्चालन हुने भएको छ । बैंकको सेवाका बारेमा टेलिफोन नम्बर ०१–५९७००१८ कल गरेर २४ सैं घण्टा जानकारी लिन सकिनेछ । 

बैंकको सेवाका बारेमा जानकारी लिन चाहनेहरुलाई थप सहज भई बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाहमा थप सुधार आउने अपेक्षा गरिएको छ ।
 

Advertisement

Advertisement