भारतद्वारा नेपाललाई विपद् रोकथामका सामग्री हस्तान्तरण

Advertisement

काठमाडौँ- भारतले नेपाललाई प्राकृतिक विपद्जन्य घटनामा प्रयोग हुने र्‍याफ्टिङ, त्रिपाल लगायतका सामग्रीहरू सहयोग गरेको छ। शुक्रबार गृह मन्त्रालयमा नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले गृहमन्त्री बालकृष्ण खाँणलाई प्राकृतिक विपद्जन्य घटनामा प्रयोग हुने र्‍याफ्टिङ, त्रिपाल लगायतका सामग्रीहरू हस्तान्तरण गरेका हुन्।

भारतले ३ हजार टेन्ट्स, १० इन्प्लेटिबल रबराईज बोट्सलगायतका विपद्का बेला प्रयोगमा आउने विभिन्न सामग्री हस्तान्तरण गरेको छ। हस्तान्तरण कार्यक्रममा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले नेपाल र भारत मिलेर नै प्राकृतिक विपद्का घटनाहरुको सामना गरिरहेको निरन्तर सहयोगको अपेक्षा गरेको बताए। उनले भूक्षय, बाढीका कारण नेपालमा हुने गरेको क्षतिमा भारत सरकारले सहयोग महत्वपूर्ण रहेको भन्दै नेपाल र भारत सरकारबीचको सम्बन्ध सुमधुर रहेको बताए।

Advertisement

उनले भने, ‘नेपाल र भारत मिलेर नै प्राकृतिक विपद्का घटनाहरुको सामना गरिरहेका छौँ। आगामी दिनमा पनि यसलाई निरन्तरता दिनेछौँ। भूक्षय, बाढीका कारण नेपालमा हुने गरेको क्षतिमा भारत सरकारले पहल्यिैदेखि सहयोग गर्दै आएको छ । प्राकृतिक विपद्का लागि क्षमता विकासमा पनि भारतले सहयोग गरिरहेको छ।’

त्यस्तै नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले वर्षाको बेला भारत र नेपालमा प्राकृतिक विपद्का घटना धेरै हुने गरेकोले विपद्पूर्व नै तयारीका लागि सामान हस्तान्तरण गरेको बताए। उनले प्राकृतिक विपद्का घटनाको न्यूनिकरणका लागि आगामी दिनमा पनि नेपाल र भारत मिलेर काम गर्ने प्रतिवद्धता जनाए।

उनले भने, ‘नेपाल र भारतमा वर्षायाममा धेरै क्षति पुग्छ । नेपालले सहयोग मागेपछि हामीले नेपाललाई धेरै सहयोग गर्‍यौंं । भारतले नेपाललाई सधैँ सहयोग गरिरहेको नै छ । प्राकृतिक विपद्को सामना गर्नु नेपाल र भारतको विकासको साझेदारीको एउटा महत्वपूर्ण कुरा हो।

Advertisement

Advertisement