मिर्मिरे लघुवित्तको विशेष साधारण सभाबाट बुद्धज्योति लघुवित्तलाई प्राप्ति गर्ने प्रस्ताव पारित

Advertisement

काठमाडौँ । राष्ट्रिय स्तरको मिर्मिरे लघुवित्त वित्तीय संस्थाको बिशेष साधारण शभा शुक्रबार धुलिखेलको होटल सारथीमा सम्पन्न भएको छ । 

संस्थाका संचालक समिति अध्यक्ष टेकबहादुर बोहराको अध्यक्षतामा सभा सम्पन्न भएको हो । संस्थाका संचालक एवम् मर्जर एक्विजिसन समितिका संयोजक सन्तोष फुयालले स्वागत मन्तब्य व्यक्त गरेका थिए । 

Advertisement

उक्त अवसरमा संयोजक फुयालले वित्तीय संस्थाले दुई आर्थिक बर्षको दौरान नागबेली र स्वेडा लघुवित्त संस्थाहरुलाई प्राप्ति गरिसकेको र यसपटक भैरहवामा केन्द्रीय कार्यालय रहेको बुद्धज्योति लघुवित्त वित्तीय संस्था लिमिटेड लाई प्राप्ती गर्ने प्रयोजनका लागी बिशेष साधारण बोलाइएको बताए । 

यसैगरी संस्थाका संचालक  समिति अध्यक्ष बोहराले  बुद्धज्योति लघुवित्तलाई स्वाप रेशियो १ः०.७६ मा प्राप्ति गर्न बिशेष प्रस्ताव पारित सभा समक्ष प्रस्ताव गरेकोमा सर्वसम्मत अनुमोदन भएको छ । 

अध्यक्ष बोहराले संस्थाले चालु आर्थिक बर्षमा ३५ प्रतिशतले निक्षेप, ३३ प्रतिशतले कर्जा र ४ प्रतिशतले नाफा बृद्दी गर्न सफल भएको बताए । 

कार्यक्रमको संचालन संस्थाका प्रमुख कार्यकारी अधिकृत एवम् कम्पनी सचिव पुष्करराज जोशीले गरेका थिए । बुद्धज्योतिलाई प्राप्ति पश्चात् वित्तीय संस्थाको चुक्ता  पूँजी ५४ करोड १२ लाख पुग्ने संस्थाले जनाएको छ । 

२०७९ असार ३०  को रिपोर्ट अनुसार लगानीमा रहिरहेको कर्जा ८ अर्ब ८१ करोड र निक्षेप संकलन तर्फ २ अर्ब ६८ करोड रहेको वित्तीय संस्थाले देशभर ६१ जिल्लाहरुमा १४८ वटा शाखा  संजाल मार्फत लघुवित्त सेवा प्रवाह गरिरहेको संस्थाले जनाएको छ  ।

Advertisement

Advertisement