गृहमन्त्रीका भाई मेयर रहेको पालिकामा डीएसपीले वडाध्यक्षलाई पोखरीमा चोबलेको भन्दै विरोध

Advertisement

काठमाडौँ । नेकपा एमालेका सांसद खिमलाल भट्टराईले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नगरसभा बैठकमा प्रहरीका डीएसपीले एक वडाध्यक्षलाई पोखरीमा चोबलेको भन्दै एमालेका नेताले राष्ट्रियसभामा विरोध गरेका छन् । 

सोमबारको बैठकमा उनले उक्त घटनाको सम्बन्धमा गृहमन्त्रीको जवाफ पनि मागे । भट्टराईले तिलोत्तमा नगरपालिकाको नगरसभामा नेपाल प्रहरी प्रवेश गरी जनप्रतिनिधिलाई धेकेलेर पोखरीमा चोबलेको भन्दै उनले प्रहरीको शासन चलाउन खोजेको हो ? भनेर प्रश्न गरे । 

Advertisement

गृहमन्त्रीले आफ्नो भाइ मेयर भएको सो नगरपालिकामा प्रहरी लगाएर ज्यादती गराएको भन्दै उनले वडाध्यक्षलाई पोखरीमा चोबल्ने डीएसपीलाई कारबाही गर्न माग गरे  । जनप्रतिनिधिलाई सार्वजनिक स्थानमा अपमान गरेर र प्रहरी शासन लगाएर लोकतन्त्र बलियो नहुने भन्दै भट्टराईले भने, तिलोत्तमा नगरपालिकामा हिजो जुन घटना घट्यो, त्यहाँभित्रको अरु विषयवस्तुमा म जान्नँ । तर आज देशमा यो लोकतन्त्र हो कि प्रहरीको सेक्युरिटीको शासन चलाउन खोजेको हो ? म नामै लिन चाहन्छु, डीएसपी ठगबहादुर केसीले त्यहाँको वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई घोक्य्राएर पोखरीमा चोबलेका छन् ।’ 

तिलोत्तमा प्रकरणमा गृहमन्त्री खाँणले पूरा रिपोर्ट सदनमा पेस गर्नुपर्ने भन्दै उनले विरोध गरे । उक्त घट्नालाई लिएर नेकपा एमाले  रुपन्देहीले  विज्ञप्ति निकाले पनि विरोध जनाएको छ । एमालेका कार्यकर्ताले डिएसपीलाई कारवाहीको माग गर्दै विरोध पनि जनाएका छन् । सोसम्वन्धी भिडियो अहिले भाइरल पनि भएको छ । 

Advertisement

Advertisement