डिशहोममा १ वर्षको रिचार्ज गर्दा रमेश पन्तले जिते नगद एक लाख

Advertisement

काठमाडौँ । अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने योजना अन्तरगत शुक्लाफाँटा नगरपालिका-१ का निवासी रमेश पन्तले रु एक लाख जितेका छन् । 

केदार ट्रेडिङको डिलर अन्तरगत रहेको झलारी कंचनपुरका सह-बितरक संगम ट्रेडर्स सप्लायर्सका डिलर दाई केपि पाण्डेकोमा एक वर्ष रिचार्ज गरेर पन्तले लक्कि ड्रमा सहभागी हुने अवसर पाएका थिए ।  

Advertisement

डिशहोमको तर्फवाट एरिया सेल्स म्यानेजर निर्मल आचार्य, केदार ट्रडिङका प्रोप्राईटर लक्ष्मी दत्त पाण्डे र सेल्स अफिसर कमल रिमालबाट पुरस्कार रकम हस्तान्तरण गरिएको हो । विजेता पन्तलाई बधाई दिदै सम्पूर्ण डिशहोम डिटिएचका ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिने छन् भन्ने विश्वास कम्पनीले लिएको छ । 

यो योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलर दाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् । 

साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउने छन् । 

लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी, रमाईलो एचडी, सरोकार टिभी, नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्न सकिने छ । 

Advertisement

Advertisement