हाम्रो आयात बजेटभन्दा ठूलो भइसक्यो, नेताको ध्यान विदेशीलाई नागरिकता बाँड्नेतिर छः आचार्य

Advertisement

काठमाडौं । संविधानविद्  डा. भीमार्जुन आचार्यले देशको आयात बजेटभन्दा ठूलो भन्दा पनि नेताहरु गम्भीर बन्न नसकेकोप्रति चिन्ता प्रकट गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले बढ्दो आयात र विदेशी ऋणले आर्थिक संकट निम्त्याउनसक्ने संकेत गरेका छन् । 

यस्तो अवस्थामा पनि सरकार, संसद र प्रतिपक्षको कित्तामा बस्ने नेताहरुले यो कुरालाई उच्चाहरणसमेत नगरी विदेशीलाई नागरिकता बाँड्ने केन्द्रीत भएको भन्दै आचार्यले नेताहरुको आलोचना गरेका छन् । उनले राज्यको दायित्व र फजुल खर्च बढेको अवस्थामा पनि औचित्यहीन प्रदेशहरुलाई कायम राखिएको बताएका छन् । 

Advertisement

डा. आचार्य लेख्छन्, आर्थिक वर्ष ०७८–७९ मा हामीले बिभिन्न देशबाट १९ खर्ब २० अर्ब अर्थात हाम्रो बजेट भन्दा बढीको सामान आयात गरेका रहेछौ । जसमध्ये भारतबाट मात्र १२ खर्ब भन्दा बढीको सामान आयात गरिएको रहेछ। यसबाट भारतसॅग मात्र हाम्रो ब्यापार घाटा साढे १० खर्ब जतिको छ। देशको बजेट भन्दा बढी ब्यापार घाटा र वैदेशिक ऋण हाम्रो छ । आन्तरिक खर्चको कुरा गर्दा बजेटको सबैजसो हिस्सा साधारण खर्चमै सकिन्छ। संघ र स्थानीय तहको भन्दा कुनै पनि नौलो कार्यक्षेत्र नभएको र कहिकतैबाट औचित्य सिद्ध गर्न नसकेको प्रदेशको खर्च मात्र बर्षेनी ३ खर्ब जतिकोछ। देशको हालत यस्तो छ । तर, सरकार, संसद् र प्रतिपक्षको किल्लामा यी कुराको उच्चारण सम्म पनि हुंदैन। उनीहरूको ध्यान चुनावको मुखमा पछि आउने संसद्को समेत अधिकार कटौती हुने गरि विदेशीलाई नागरिकता बाड्न केन्द्रित छ। शायद् यो हदसम्मका नलायक, गैरजिम्मेवार र राष्ट्र बिरोधी शासक दुनियॅामा अब बॅाकी छैनन होला । कोही बॅाकी रहेका पनि हालसालै भागीसके। हामी नेपाली अब जागौं ! अति भयो !’ 

Advertisement

Advertisement