काठमाडौं प्लाजादेखि जयनेपाल हलसम्मका भवन र टहरा हटाउन महानगरको उर्दी

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले नक्सा पास नगराई र स्वीकृत नक्साविपरित बनाइएका घरटहरा भत्काउने भएको छ। महानगरपालिकाले बिहीबार सूचना जारी गर्दै भदौ १६भित्र घर, टहरा हटाउन भनेको छ। र, भनेको छ-‘अन्यथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ७ र कामपाको नियमानुसार कारवाही हुनेछ ।’

महानगरपालिको वडा नम्बर १ स्थित काठमाडौं प्लाजाको उत्तरतर्फ रहेको सिटी एक्सप्रेस मनी ट्रान्सफर रहेको भवनदेखि जयनेपाल हलसम्म टुकुचा खोलाको किनार क्षेत्रमा स्वीकृत नक्साविपरित घर बनेको भन्दै हटाउन अल्टिमेटम दिएको हो।  घर बनेको एक वर्षभित्र प्रमाणपत्र लिनका लागि महानगरपालिकामा निवेदन दिनुपर्ने कानुनी व्यवस्था छ । प्रमाणपत्र लिनका लागि महानगरपालिकाले तोकेको मापदण्ड पूरा गरी निर्माण गरेको हुनुपर्छ । तर, आफू खुसी र मापदण्ड मिचेर घर बनाउने धेरै भएपछि प्रमाणपत्र लिनेहरूको संख्या निकै कम छ ।

Advertisement

काठमाडौं माहनगरपालिकाभित्र झण्डै ८० प्रतिशत घर मापदण्ड मिचेर बनेको महानगरको अनुमान छ। अब उसले सुरुमा मापदण्डभित्र आउन आग्रह गरेको छ । र, यसलाई पनि अटेर गरे टोली नै खटाएर विवरण संकलन गर्नेदेखि भत्काउने काम गर्नेछ । मापदण्डभित्र बनेका भवनहरूको नक्सा प्रमाणित गर्ने र बाँकीलाई नक्सा अनुसार राखेर भत्काउने काम गर्छ। यति मात्र होइन, घर निर्माण सम्पन्न प्रमाणित नगरका सेवाग्राहीले महानगरबाट पाउने सेवा पनि कटौती गर्ने तयारी छ । प्रमाणपत्र नबुझ्नेहरुको महानगरपालिकाबाट हुने सबै किसिमका सिफारिस रोक्ने योजना बनाइएको छ।

Advertisement

Advertisement