आजदेखि उठ्दैछ काठमाडौंमा फोहोर
फाइल तस्बिर

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज (बिहीबार) देखि फोहोर उठाउने भएको छ। बञ्चरेडाँडा जाने सडक स्तरोन्नति गर्नुपर्ने भएपछि स्थानीयको आग्रहमा महानगरपालिकाले एक साताअघि फोहोर उठाउन बन्द गरेको थियो।

महानगरपालिकाले एक सूचना जारी गर्दै बिहीबारबाट पूर्ववत् फोहोर उठ्ने जनाएको छ। फोहोर नउठेछि काठमाडौंका सडकमा फोहोर थुप्रिएर बसेका छन्।  वर्षाका कारण निस्किएको फोहोरको लिचेडले संक्रामक रोगको जोखिम बढेको छ। वर्षौंदेखि बञ्चरेडाँडामा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आए पनि सडक बन्न सकेको छैन। महानगरपालिकाले सडक मर्मतको काम सकिएकाले फोहोर उठाउन लागिएको जनाएको छ।

Advertisement

Advertisement

Advertisement