हृदयन्द्र राजगद्दीमा बसेको हेर्न चाहान्छुः रविन्द्र मिश्र

Advertisement

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले गद्दीविहीन अवस्थामा रहेका राजा ज्ञानेन्द्र शाहका नाती हृदयेन्द्र राजगद्दीमा बसेको हेर्ने इच्छा प्रकट गरेका छन् । 

हृदयन्द्रको २१औं जन्मजयन्तीको अवसरमा शुभकामना दिने क्रममा उनले सामाजिक सञ्जालमार्फत त्यस्तै इच्छा प्रकट गरेका हुन् । पार्टीको अध्यक्ष हुँदा पार्टी भित्र र बाहिरका गण्तन्त्रवादीहरुको घेरावन्दीमा परेका मिश्र पछिल्लो समयमा खुलेर राजसंस्थाको पक्षमा बोल्दै आएका छन् । 
 
उनले एक दिन हृदयन्द्रलाई राजाको रुपमा देख्न चाहेको उल्लेख गर्दै भनेका छन्, ‘म यहाँलाई एकदिन राजाका रूपमा देख्न चाहन्छु। २१औँ जन्मदिनको शुभकामना !’

Advertisement

उनले आफ्नो २० वर्षको पत्रकारिता र ५ वर्षको राजनीति तथा अन्य अनुभवका आधारमा मुलुक ढिलोचाँडो नराम्रो संकटमा फस्ने र संकटको बेला मात्र सदुपयोग गर्ने गरी खोपामा भए पनि राजसंस्था राख्नुपर्ने बताएका छन् । 

मिश्रले उदाहरण पेश गर्दै भन्छन्, ‘सन् १९९० मा बेल्जियमका राजा बोदवाँले आफू क्याथोलिक धर्मावलम्वी भएका कारण गर्भपतन सम्वन्धी विधेयक अनुमोदन गर्न मान्दै मानेनन् । त्यसपछि, सरकारले उनलाई कयौँ दिनसम्म राष्ट्रप्रमुखको पदबाट निलम्वन गरी सामान्य नागरिक बनायो । र, संसदले विधेयक अनुमोदन गरेपछि उनलाई पुनः गद्दी आसिन गरायो। त्यस्ता उदाहरण अरू पनि छन्, जुन मेरो प्रकाशोन्मूख पुस्तकमा उल्लेख गरेको छु ।

Advertisement

Advertisement