भदौ ६ गतेबाट बरुण हाइड्रोपावरले हकप्रद जारी गर्ने

Advertisement

काठमाडौं । बरुण हाइड्रोपावर लिमिटेडले भदौ ६ गतेबाट हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरको (१:१) अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो।

यसअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित दरका २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद जारी गर्नेछ। हकप्रदका लागि कम्पनीले साउन २ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो। यसअनुसार साउन १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस कम्पनीका शेयरधनीहरूले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन्।

Advertisement

कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। यसमा भदौ २६ गतेसम्म आवेदन दिन पाउनेछन्। क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बीप्लसआईएस रेटिङ प्रदान गरेको छ। यसले वित्तीय दायित्व पुरा गर्न मध्यम जोखिममा रहेको संकेत गर्दछ।

हाल २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ रहेको यस कम्पनीको चुक्ता पूँजी हकप्रद निष्कासनपछि ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ पुग्नेछ।

Advertisement

Advertisement