चिनी र गहुँ आयातका लागि सरकारले आयातकर्तासँग आवेदन माग्यो

Advertisement

काठमाडौं । सरकारले चिनी र गहुँको आयात गर्न इच्छुक उद्योगी व्यवसायीलाई आवेदन पेश गर्न सुचना प्रकाशित गरेको छ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले यही साउन २८ गतेसम्म आवेदन पेश गर्न आग्रह गरेको छ । 

सरकारले चिनी र गहुँको आयातमा निजी क्षेत्रलाई आयात गर्न रोक लगाएपछि आयातकर्ताहरुले असन्तुष्टि जनाउँदै आएका थिए । उनीहरुको दबाबपछि सरकारले बाटो खुल्ला गरिदिएको हो । रुस–युक्रेन युद्धपछि भारतले चिनी र गहुँ निर्यातमा केही कडाई गरेसँगै नेपालको सरकारले पनि निजी क्षेत्रलाई यस्ता वस्तु आयातमा रोक लगाएको थियो । 
 
सरकारी सुचनाअनुसार आयातकर्ताले अब तोकिएको ढाँचामा विवरण खुलाई आवेदन दिन सक्नेछन् । साथै, गहुँ र चिनीको आयात गर्न भारतको विशेष स्वीकृति चाहिने भएकाले त्यसका लागि मन्त्रालयले पहल गर्ने जनाएको छ । 

Advertisement

Advertisement

Advertisement