प्रचण्डको प्रश्न– कुन विचार र नेतृत्वबाट राष्ट्र एकतावद्ध हुनसक्छ ?

Advertisement

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक स्थायित्वका लागि सबै राजनीतिक दलहरुको भूमिका रहने भन्दै फेरि राजनीतिक सहमतिको कुरा गरेका छन् । आफूमाथि संकट देखेपछि सहमति र एकताको कुरा गर्ने गरेका प्रचण्डले अहिले पनि सही कुरा उठाएका हुन् । 

शुक्रवार योङ कम्युनिष्ट लिगको कार्यक्रममा उनले राष्ट्रलाई राजनीतिक स्थायित्व दिन सबै दलहरुले आ–आफ्नो पूर्वाग्रह त्याग्नुपर्ने बताए । प्रचण्डले सुशासन स्थापना र देशको विकासको निम्ति पनि सबै दलको सामुहिक भूमिकाको आवश्यकता पर्ने उल्लेख गरे । 

Advertisement

उनले कुन विचार र नेतृत्वबाट राष्ट्र एकतावद्ध हुनसक्छ ? भन्ने विषयमा मनन गर्नुपर्ने बेला आएको बताए । प्रचण्डले भने, ‘हाम्रो देशमा राजनीतिक इच्छाशक्तिसहितको दृढ राजनीतिक नेतृत्वको अभावमा राजनीतिक स्थायित्व कायम गर्न सकिएको छैन अझै पनि । र अनि विकास, निर्माण र सुशासनलाई अगाडी बढ्ने वातावरण निर्माण हुन सकेको छैन् ।’ 

उनले थपे, ‘हामीहरुले एकचोटी फेरि संकल्प गर्नुपर्दछ, केही परिवर्तनका बहाकहरुलाई पन्छाएर परिवर्तन बिरोधीहरुको हातबाट यो देशमा सुशासन र विकास असम्भव छ भन्ने कुरा प्रमाणित गर्नको लागि तपाईं हामीले चुनौती सामना गर्नैपर्नेछ । म अन्य राजनीतिक दलका युवा प्रतिनिधि साथीहरुलाई पनि म विशेष रुपले अपील गर्न चाहन्छु । विभिन्न खालका आग्रह, पूर्वाग्रह हुँदा यो राष्ट्रलाई एकतावद्ध गर्ने, देशको राजनीतिलाई स्थायित्वतिर लैजाने र सुशासन र विकासलाई इमान्दारिताको साथ अगाडी बढाउनको लागि तपाईं हामी सबैको भूमिका सामुहिक रुपले आवश्यक भएको छ ।’ 

Advertisement

Advertisement