साढे तीन करोडको लागतमा चन्द्रपुर नगर उद्योग वाणिज्य संघको कार्यालय भवन बन्दै

Advertisement

काठमाडौँ । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकास्थित चन्द्रपुर नगर उद्योग वाणिज्य संघले ३ करोड ५० लाखको लागतमा कार्यालय भवन निर्माण गर्ने भएको छ । 

उक्त कार्यालय भवन निर्माणको गत शुक्रबार शिलान्यास भएको हो । प्रदेश सभा सदस्य धनलाल ठोकरले एक समारोहका बीच उक्त भवन शिलान्यास गरेका हुन् ।  

Advertisement

उक्त भवन ४ तलाको हुनेछ । नगरपालिकाको मापदण्ड अनुसार उक्त भवन अपांग मैत्री, भुकम्पमैत्री र अत्याधुनिक बन्ने संघका नवनिर्वाचित अध्यक्ष उदयनारायण सापकोटाले जानकारी दिए । 

भवनमा बस्तुगत संघ(संस्थाको कार्यालय, सभाहल, बैठक कक्ष रहने छन् । अध्यक्ष सापकोटाले उक्त भवनको निर्माण तीब्रताका साथ अघि बढाउने र आफ्नै कार्यकालमा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाए ।  

Advertisement

Advertisement