लक्ष्मी लघुवित्तले २१ जना ग्राहकहरुलाई दियो व्यवसायिक तरकारी खेती तालिम

Advertisement

काठमाडौँ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले धादिङको महादेववेशी शाखामा आवद्ध ग्राहक सदस्यहरुलाई व्यवसायिक तरकारी खेती प्रदान गरेको छ । भदौ १ र २ गते सञ्चालन भएको तालिममा व्यवसाय उन्मुख २१ जना ग्राहकहरुलाई सहभागी गराइएको थियो । 

ग्राहक सदस्यहरुको सीप र क्षमता अभिवृद्धि लागि व्यवसायिक तरकारी खेती तालिम आयोजना गरिएको थियो । तालिमको माध्यमबाट कृषकहरुले स्थानिय स्तरमा उपलब्ध स्रोत र साधनहरुको उच्चत्तम उपयोग गरी कम लागतमा बढी मुनाफा गर्ने साथै तालिमले ग्राहक सदस्यहरुलाई सफल व्यवसायी बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । 

Advertisement

तालिमको सहजीकरण संस्थाका व्यवसाय प्रवद्र्धन अधिकृत (कृषि विशेषज्ञ) ओमप्रकाश भुसालले गरेका थिए । 

लघुवित्तले कर्जा, बचत बाहेक लघुबीमा, विप्रेषण, ट्यावलेट बैकिङ्ग, लक्ष्मी लघुवित्त स्मार्ट एप र मोबाईल पैसा सुविधासंगै महिलाहरुलाई उद्यमशीलताको माध्यमबाट महिला सशक्तिकरणमा टेवा पुर्याउने उद्देश्यले क्षमता अभिवृद्धि तथा सीप विकास सम्बन्धी तालिमहरु सञ्चालन गर्दै आएको छ ।
 

Advertisement

Advertisement