बेपत्ता छानबिनसम्वन्धी विधेयक पीडितलाई न्याय होइन्, पीडकलाई उन्मुक्ति दिनेगरी आयोः सुवाल

Advertisement

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ पीडितलाई न्याय दिने गरी नभई पीडकलाई उन्मुक्ति दिनेगरी आएको बताएका छन् । 

संसदमा मंगलबार उनले विधेयकमा कुन–कुन प्रावधान राखिँदैछ भन्ने सम्बन्धमा पीडितलाई जानकारी नदिएको पनि बताए । विधेयक पीडकलाई उन्मुक्ति दिने गरी आएको भन्दै सुवालले संक्रमणकालिन न्याय अन्य ऐनहरुसँग पनि सम्बन्धित हुने तर यो विधेयकले शान्ति प्रक्रियाका बाँकी काम पूर्ण हुन नसक्ने बताए । 

Advertisement

नेता सुवालले मानव अधिकारको गम्भीर उल्लङ्घनका घटनालाई पनि मानव अधिकार उल्लङघनको घटना भन्दै मेलमिलाप गर्न लागिएकोले उल्लङ्घनका दोषीलाई पनि सजाय हुनुपर्ने बताए । 

Advertisement

Advertisement