काठमाडौं उपत्यकामा नेपाल बन्दको नगन्य प्रभाव, जनस्तरबाट पनि बन्दको प्रतिकार सुरु

Advertisement

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित ४ वटा पार्टीहरुले गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यकामा नगन्य मात्रै देखिएको छ । 

मंगलवार नेपाल बन्दको घोषणा गरेको भए पनि काठमाडौं उपत्यकामा नगन्य मात्रै प्रभाव परेको हो । उपत्यका बाहिर पनि न्यून मात्रै प्रभाव परेको छ । काठमाडौंमा सवारी साधनहरु अघिल्ला दिनहरुमा जस्तै सञ्चालन भएको देखिएको छ । 

Advertisement

बिहान भने केही कम सवारीसाधन सञ्चालन भएका थिए । बन्दको घोषणापछि बिहानैबाट प्रमुख चोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । सरकारसँग वि.सं. २०७७ फागुन २० गते भएको ३ बुँदे सम्झौताअनुसार आफ्नो पार्टीका नेता कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता, थुनाबाट मुक्त गर्नुपर्ने माग गर्दै विप्लव नेतृत्वको नेकपाले आजका लागि देशव्यापी बन्दको घोषणा गरेको थियो । 

तर कतिपय ठाउँमा बन्दकर्तामाथि नै जनस्तरबाट प्रतिकार भएका भिडियोसमेत भाइरल भएका छन् । केही ठाउँमा भने तोडफोड र आगजनीका समाचार आएका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दलाई ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी समाजवादी पार्टीले समर्थन गरेको छ । 

ती पार्टीले अमेरिकासँग गरिएको एमसीसी सम्झौता खारेज हुनुपर्ने, महंगी नियन्त्रण गर्नुपर्ने लगायत माग राखेर छ । 

Advertisement

Advertisement