नक्सा र डोजरसहित पुनः गएर बालेनले अल्फा कम्प्लेक्सको अनधिकृत संरचना भत्काइछाडे

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह फेरि अल्फाबिटा कम्प्लेस पुगेर पार्किङका लागि अनुमति लिएको तल्लो तल्लामा सञ्चालित अल्फा केयर फार्मेसी भत्काइछाडेका छन् । 

बिहान कम्प्लेक्सका सञ्चालक द्धिराज शर्मासँग विवाद भएपछि बालेन पुनः नक्सासहित डोजर लिएर अनधिकृत संरचना भत्काउन पुगेका हुन् । शशर्माले कुनै अवैध काम नगरेको दावी गरेका थिए । बालेनले नक्सा देखाउन माग गर्दा शर्माले कर्मचारीसँग रहेको भन्दै नक्सा महानगरसँग हुनुपर्ने तर्क गरेका थिए । 

Advertisement

कार्यालय फर्किएर नक्सासहित बालेन अल्फाबिटा पुगेका थिए । केही बेरको वादविवादपछि बालेनले अल्फा केयरको अगाडिको संरचना जोडेर लगाएर भत्काइदिएका थिए । पछिल्लो समयमा शर्माले मेयर बालेनलाई भने, ‘नक्सा लिएर आउनुभयो, टाइम दिनु्स् ।’ तर बालेनले अवैध संरचना भत्किने अडान राख्दै सो ठाउँमा चाँडै पार्किङ खोल्न सुझाव दिएका थिए । 

Advertisement

Advertisement