सेन्साईको ‘३ को झट्का’ मा ग्राहकले पाउँछन् उपहारै उपहार

Advertisement

काठमाडौँ । जापानमा ईन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईले नजिकिरहेको नेपालीहरुको चाड दशैं तिहार २०७९ लाई लक्षित गर्दै ‘सेन्साई ३ को झट्का, दशैंमा उपहारको फड्का’ नामक योजना हालै बजारमा सार्वजनिक गरेको छ ।

उक्त योजना अन्तर्गत सेन्साई ब्राण्डका कुनै पनि सामानको खरिदमा लक्की ड्र मार्फत २ भाग्यशाली ग्राहकहरुले एप्पल आइफोन १३, तीन भाग्यशाली ग्राहकहरुले एप्पल आइप्याड १०.२ जस्ता आकर्षक उपहारहरु जित्न सक्नेछन् भने बम्पर लक्की ड्र मार्फत १ भाग्यशाली ग्राहकले यामाहा आर१५ भिथ्री जित्न सक्ने कम्पनीले जनाएको छ । 

Advertisement

साथै सेन्साईले आफ्नो विभिन्न सामानहरुमा विभिन्न किसिमका वारेण्टीहरु र निःशुल्क डेलीभरी पनि प्रदान गर्नेछ ।

सेन्साईका सामानहरुको खरिद गरे पश्चात ग्राहकहरुले आफुलाई लक्की ड्रमा सहभागी गराउन एसईएनएसईआई टाईप गरी आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको वारेण्टी कार्ड नम्बर लेखि ३१००३ मा एस्एमएस् गर्नुपर्नेछ

कम्पनीले यो योजना भदौ ९ देखि सीमित अवधिका लागि मात्र लागु गरेको जनाएको छ । सेन्साई ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इओएल रहेको छ।
 

Advertisement

Advertisement