बालेन शाहमाथि सुरक्षा ‘थ्रेट’ बढेको भन्दै तत्काल सुरक्षा प्रवन्ध गर्न डा.दीक्षितको माग

Advertisement

काठमाडौं । नागरिक समाजका अगुवा एवं राजनीतिक विश्लेषक डा. सुन्दरमणि दीक्षितले काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन)माथि सुरक्षा ‘थ्रेट’ बढेको भन्दै तत्काल कडा सुरक्षा व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । 

एक यूट्युव च्यानलसँगको कुराकानीमा उनले बालेनको काम र लोकप्रियताबाट रुष्ट भएकाहरुबाट उनीमाथि सुरक्षा चुनौति देखिएको बताएका हुन् । भक्तपुरको डनको रुपमा चिनिएका एमाले नेता महेश बस्नेतले आफू सत्तामा आएपछि बालेनलाई ठेगान लगाउने बताएका छन् । बालेन एक्शनमा उत्रिएपछि काठमाडौंका नदी किनारदेखि अन्य ठाउँका सयौं रोपनी सार्वजनिक जग्गा कब्जा गरेर बसेका, नयाँ बसबाट अबैधरुपमा कब्जा गरेर बसेका, बिना अनुमति अवैध भौतिक संरचना बनाई त्यसबाट व्यापारिक लाभ लिँदै आएका व्यक्ति तथा समूह बालेनदेखि त्रसित बनेको अवस्था छ । 

Advertisement

दीक्षितले भने, ‘उनीमाथि खतरा चाहिने भो । बोलेर मात्रै होइन्, गाली गरेर मात्रै होइन, भौतिक नै उनीमाथि प्रहार हुनसक्छ । त्यसकारण सरकारले तत्कालै सुरक्षाको बस्दोबस्त गरिहालोस् । सेक्युरिटि नचाहिने बेयकुफहरुलाई चाहिं सेक्युरिटि दिइराखेको छ जसले मुलुकका लागि काम गरेकै छैन् । अब काम गर्न आएको मान्छेमाथि प्रहार हुन्छ हुन्छ । बालेनलाई तत्काल सेक्युरिटि दिनुपर्छ ।’

दीक्षितले भने, ‘बालेनको कामबाट आम नागरिक खुशी भएका छन् । तर राजनीतिक दलहरु तर्सिएका छन् । स्वतन्त्रहरुमाथि सबै दलहरु खनिनेवाला छन् । किनभने स्वतन्त्र सफल भए भने यिनीहरुको असफलता, स्वतन्त्रले काम गर्न सके भने यिनीहरुले काम गर्न नसकेको, स्वतन्त्रले घुस नखाईकन काम गरेको छ भने यिनीहरु घुस खाएर गरेको । त्यसकारण यिनीहरु कहिल्यै चाहान्नन् कि स्वतन्त्र सफल हुन् ।’

विभिन्न पार्टीका मेयर र शहरी विकासमन्त्री आउँदा पनि गर्न नसकेको काम बालेनले गर्न थालेको उनको भनाई छ । डा. दीक्षितले महेश बस्नेतको जस्तै बुद्धिले केशव स्थापित पराजित भएको बताए । ठूला भनिएका दलले यत्रा बर्ष काम गर्न हुन नसकेको काम बालेन आएपछि भएको कुरामा दलहरुले आलोचनाभन्दा पनि आफू उपाय खोज्नुपर्ने उनले सल्लाह दिए । 

Advertisement

Advertisement