नेकपा (एस) रौतहट-काठमाडौँ सम्पर्क मञ्च महिला बिभागद्वारा तीज विशेष कार्यक्रम सम्पन्न

Advertisement

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) रौतहट–काठमाडौँ सम्पर्क मञ्च महिला बिभागद्वारा तीजको अवसरमा तीज विशेष  कार्यक्रम सम्पन्न गरेको छ । 

पार्टी स्थायी कमिटी सदस्य एवं संघीय संसद बिकास तथा प्रविधि समिति सभापति कल्याणी खड्काको प्रमुख आतिथ्य तथा पार्टीका स्थायी कमिटी सदस्य , जलश्रोत बिभाग प्रमुख डा. बशिधर मिश्रको विशेष आतिथ्यमा सम्पन्न भएको हो । 

Advertisement

कार्यक्रममा प्रमुख खडकाले महिलाहरु माथिको बिभेद तथा थिचोमिचो अन्त्य गर्न महिलाहरु थप क्रियाशील भएर लाग्नु पर्नेमा जोड दिइन् । आगामी मंसिर ४ मा हुने चुनावमा सक्रियतापूर्वक लाग्न निर्देशन दिदै तीजको अवसरमा सम्पूर्ण देश बिदेशमा रहेका महिला दिदीबहिनीलाई शुभकामना व्यक्त गरिन् । 

त्यस्तै बिशेष अतिथि डा मिश्रले महिला दिदीबहिनीको हक अधिकार सुनिश्चित गर्ने हुँदा आगामी चुनावमा पार्टीका उम्मेदारलाई बिजयी गराउनु पर्ने कुरामा जोड दिंदै तिजको अवसरमा शुभकामना दिए । 

सम्पर्क मञ्च महिला बिभाग प्रमुख लक्ष्मी उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव सुष्मा सुनामले संचालन गरेकी थिइन् । 

कार्यक्रममा सम्पर्क बिशेष प्रदेश कमिटीका उपाध्यक्ष एवम् कानुन बिभाग सदस्य नवराज तिमल्सिना, मधेश प्रदेश कमिटीका अध्यक्ष बेदनाथ कोइराला, पार्टी केन्द्रीय कानुन बिभाग सदस्य गोपाल श्रेष्ठ, पत्रकार महासंघका केन्द्रीय सचिव गोविन्द चौलागाई, मधेश प्रदेश कमिटी सदस्य एवम् रौतहट गौर नगरपालिकाका मेयर शम्भु शाह, पार्टी केन्द्रिय  बिज्ञान तथा प्रविधि बिभाग सदस्य दीपक गुप्ता, पार्टी केन्द्रीय स्वास्थ्य बिभाग सदस्य दुर्गा खड्का मिश्र, प्रगतिशील लेखक संघका उपमहासचिव वालमुकुन्द कार्कीको उपस्थिति थियो । 

यसैगरी पार्टी केन्द्रीय भौतिक पुर्वाधार तथा यातायात बिभाग प्रताप खड्का, पार्टी केन्द्रीय भौतिक पुर्वाधार तथा यातायात विभाग मधेश प्रदेश कमिटीका सदस्य पार्वती दुलाल, सम्पर्क बिशेष प्रदेश कमिटीका सदस्य राजन उप्रेती, मधेश प्रदेश कमिटी सदस्य  अरुण गिरी, माधव रेग्मी, चिनकुमारी शिवाकोटी, इन्दिरा कोइराला, संजय शाह, रौतहट जिल्ला कमिटि सदस्य सोबिन्द चौधरी, काठमाडौँ जिल्ला कमिटी सदस्य दीपक तिमल्सिना, रौतहट गुजरा नगरपालिका मेयर प्रत्यासी केशव राय, वारा काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष राजेन्द खड्का, रौतहट–काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष सचित कुइकेल, उपाध्यक्ष रामानन्द चौधरी, सचिव नोनारायण झा लगाएतको आतिथ्य रहेको थियो । 


 

Advertisement

Advertisement